कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूमिराज पहिलो

काठमाडौ — आठौं काठमाडौं म्याराथनको उपाधि नेपाल प्रहरीका भूमिराज राईले शनिबार जितेका छन्। उनले निर्धारित दूरी २ घन्टा २६ मिनेट ३० सेकेन्डमा पूरा गरे। पहिलो भएका उनले ४५ हजार रुपैयाँ
हासिल गरे।

आठौं काठमाडौं म्याराथनको उपाधि नेपाल प्रहरीका भूमिराज राईले शनिबार जितेका छन्। उनले निर्धारित दूरी २ घन्टा २६ मिनेट ३० सेकेन्डमा पूरा गरे। पहिलो भएका उनले ४५ हजार रुपैयाँ
हासिल गरे।
यसैगरी आर्मीका राजन खत्री दोस्रो भए। उनले २ घन्टा २७ मिनेट २७ सेकेन्डमा दूरी पार गरेका थिए। आर्मीकै रामबहादुर भण्डारी २ घन्टा २७ मिनेट ३१ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भए।
यसैगरी हाफ म्याराथनतर्फ महिलामा १ घन्टा २७ मिनेट १८ सेकेन्डसाथ विश्वरूपा बुढाले बाजी मारिन्। १ घन्टा ३५ मिनेट ३२ सेकेन्डसाथ गीता खत्री विजयी भइन्। जया राईले १ घन्टा ३६ मिनेट २१ सेकेन्डसाथ तेस्रो स्थान
हात पारिन्।
पुरुष ५ किलोमिटर खुला दौडमा दिनेश खत्री पहिलो, शंकरमान थापा दोस्रो र आर्मीका टीकाराम कटाल
तेस्रो भए। महिला ५ किलोमिटर खुलामा सन्तोषी श्रेष्ठले उपाधि जित्दा फूलमती राना दोस्रो र लक्ष्मी खड्का तेस्रो भए।


प्रकाशित : आश्विन ५, २०७१ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?