कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिमरा गोल्डकप माघमा

लक्ष्मी साह

बारा — 'रुस्लान सिमरा गोल्डकप' माघ १ देखि हुने भएको छ । मोफसलकै सर्वाधिक पुरस्कार राशिको आमन्त्रण फुटबल प्रतियोगिता छैटौंपटक हुन लागेको हो ।

आयोजक नव जनजागृति युवा क्लबले मंगलबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिँदै तयारी सुरु भएको जनाएको हो । प्रतियोगिता माघ १० सम्म सञ्चालन हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको तालिकाअनुसार प्रतियोगिता आयोजना गर्न लागिएकाले यस वर्ष राष्ट्रिय स्तरका सबै खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा पाँच 'ए' डिभिजन, एक विदेशीसहित दश टिमको सहभागिता रहनेछ । 'देशकै प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा परिचय दिने अभियानका क्रममा यो गोल्डकपलाई निरन्तरता दिँदै आएका छौं,' आयोजक क्लबका सचिव शम्भुसिंह ठकुरीले भने, 'सम्पूर्ण तयारी त्यसैप्रति लक्षित भएर तयारी तीव्र पारिएको छ ।'
आयोजक क्लबका अध्यक्ष तथा प्रतियोगिताका मूल आयोजक कमिटीका संयोजक कासिम मियाँका अनुसार प्रतियोगितामा एक भारतीय टिमसहित लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दी क्लब, थ्री-स्टार क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपीएफ क्लब, सहारा क्लब पोखरा, एफसी पोताला क्लब हेटौंडा, गत वर्षको उपविजेता वीरगन्ज युनाइटेड क्लब र साबिक विजेता नव जनजागृति युवा क्लब सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले चार लाख रुपैयाँ नगद प्राप्त गर्नेछ । प्रतियोगिताको उपविजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई यस वर्ष मोटरसाइकल दिइने आयोजक क्लबले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्स, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँले पुरस्कृत गरिने सचिव ठकुरीले बताए ।





प्रकाशित : पुस १६, २०७१ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?