कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

स्मार्ट भिलेज गोल्डकप: भुइँखेल फाइनलमा

आश गुरुङ

लमजुङ — डिफेन्डिङ च्याम्पियन बेंसीसहर युथ सोसाइटीलाई ३–१ गोल अन्तरले पराजित गर्दै भुइँखेल फुटवल क्लव स्यम्भू काठमाडौं लमजुङको घलेगाउँमा जारी सातौं स्मार्ट भिलेज गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।

स्मार्ट भिलेज गोल्डकप: भुइँखेल फाइनलमा

घलेगाउँस्थित स्वर्गभूमि रंगशालामा बुधबार दिउँसो भएको प्रतिष्पर्धामा उपाधिको दाबेदार मानिएको बेंसीसहर भुइँखेलसँग पराजित भयो ।

पहिलो हाफ सुरु हुने बित्तिकै खेलको २ मिनेटमा भुइँखेलका सुनिल गोलेले पहिलो गोलको सुखद् सुरुवात गरे । खेलको ५ मिनेटमा विदेशी खेलाडी विलियम रिचर्डले गोल गरेपछिको निकै प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा बेंसीसहरले गोल गर्न सकेन ।

दोस्रो हाफको ७४ मिनेटमा भुइँखेलका खेलाडीले ‘डी’ एरियामा हातले बल छुन पुगेपछि पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै बेंसीसहरका लागि जय गुरुङले गोल गरे । भुइँखेलका सुनिल गोलेले खेलको अन्तिम समय ७९ औं मिनेटमा पुनः गोल गर्दै आफ्नो टीमलाई फाइनलमा डोर्‍याए ।

फाइनल प्रवेशका लागि बुधबार नै फ्रेन्डसीप युवा क्लव तनहुँ र गतपुसमा यस क्षेत्रकै बहुचर्चित त्रिवेणी कप च्याम्पियन लालीगुराँस युवा क्लव भुजुङ भिड्दैछन् । फाइनल खेल बिहीबार हुनेछ ।

प्रतियोगितामा प्रथम पुरस्कार ५ लाख ५० हजार ५ सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल र द्वितीय पुरस्कार ३ लाख ५० हजार ३ सय ५५ रुपैयाँ, कप र मेडल राखिएको छ ।सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद १०/१० हजार रुपैयाँ र मेडल प्रदान गरिने आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका खेल संयोगक गंगा घलेले बताए ।

प्रकाशित : वैशाख ५, २०८१ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?