विश्व प्रसिद्ध गेम फार क्राई नेपाली कथामा

फार क्राई -४ आउँदै

एजेन्सी — नेपाली कथा, लोकेसन र पात्र प्रयोग गरिएको विश्व प्रसिद्ध भिडियो गेम फार क्राईको चौथो संस्करण रिलिज हुने भएको छ ।

गेमको यो संस्करणले अमेरिकीबाट किरात राज्यमा आमाको अस्तु लिएर आएको एक युवकको कथा भन्नेछ ।
गेम नोभेम्बर १८ मा रिलिज हुँदैछ । १० बर्षअघि फार क्राई पहिलो पटक सार्वजनिक भएको थियो ।
भिडियो गेमको प्रमुख नायक अजय घले हुनेछन् जो किरात राज्यमा जन्मिएर बुवाआमासँग अमेरिका पुगेका हुन्छन् । आमाले मृत्यु अघि आफ्नो अस्तु किरात राज्यमै पुर्‍याउन गरेको अनुरोध अनुसार अजय अस्तु बोकेर किरात राज्यमा प्रवेश गर्छन् तर छिर्दाछिर्दै राजा पागन मिङको पञ्जामा पर्छन् ।
अजयका बुवा किरात राज्यका राजा विरोधी क्रान्तिकारी भएकाले पागन मिङले अजयलाई कब्जामा लिएका हुन्छन् ।
फार क्राई ४ का निर्देशकद्वय मार्क थोम्प्सन र एलेक्स हुचिन्सनले एक अन्तर्वार्ताको क्रममा कथा तयार पार्नको लागि वास्तविक युद्ध भोगेकाहरुलाई भेट्न नेपाल आएको सुनाएका छन् ।
'सुरुमा हामीले गेममा राख्ने जनावरको सूची तयार पार्‍यौं', निर्देशक मार्कले भने,'त्यसपछि गेममा राख्ने लोकेसनको छलफल गर्‍यौं । हामीलाई यस्तो लोकेसन चाहिएको थियो, जहाँ राजनीतिक अस्थिरता भएको होस् ।'
फार क्राईमा वास्तविक लोकेसनको कथा भनिएको यो पहिलो पटक हो । वास्तविक लोकेसनको कथा नै फार क्राईको प्रमुख विशेषता भएको निर्देशक मार्क बताउछन् ।
'कसैले वास्तविक युद्ध लडेकासँग कुरा गरेर भिडियो गेम बनाउने बारेमा सोच्छ भने त्यसबाट नयाँ कुरा निस्कन्छ', मार्कले भनेका छन्,'नेपाल जानु अघि हामी त्यहाँको युद्धबारेमा धेरै कुरा जान्न चाहेका थियौं र, जब हामी त्यहाँ पुग्यौं, प्रभावित भयौं ।'
नेपाल पुगेर युद्ध लडेका पात्रहरुसँग भेटेपछि गेम बनाउने सोचाईमा व्यापाक परिवर्तन आएको निर्देशकले भनेका छन् । नेपालमा वास्तविक पात्रहरुसँग भेटेपछि वास्तविक लोकेसेन र वास्तविक पात्रको नजिक रहेर गेम बनाउने योजना बनेको निर्देशक मार्कले बताए ।
'भिडियो गेममा हामी रमाइलोको लागि बन्दुक चलाउछौं तर नेपालमा हामीले बन्दुक चलाउने वास्तविक मान्छेसँग भेट्यौं जो बाल सैनिकको रुपमा युद्ध लडेका थिए', मार्कले भनेका छन् ।

फार क्राई -४ को प्रोमो

प्रकाशित : भाद्र ८, २०७१ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

छोटकरी

दोहा — कतार सरकारबाट आममाफी पाएर डिपोर्टटेसन सेन्टर (फिर्ती केन्द्र) मा भएका ६ जना नेपालीको साथमा पासपोर्ट नहुँदा घर फिर्न पाएका छैनन् ।

पासपोर्ट नभएर जेलबाट घर फिर्न पाएनन्
दोहा— केन्द्रको ब्लक नम्बर १ मा बसेका नेपालीलाई कम्पनी र मालिकले गएर पासपोर्ट नबुझाएकोले उनीहरू घर फिर्न नपाएको हो । उनीहरूलाई सेन्टर जेलबाट घर फिर्नका लागि गत जुलाई १ फिर्ती केन्द्रमा लगिएको थियो ।
घर फिर्न नपाएकाहरूमा पोखराका किशोर परियार, बाग्लुङका नारायण चापागाई, मोरङका राजेश पाण्डे, धादिङका इन्द्र गुरुङ, मोरङका सन्तबहादुर लिम्बु, सिरहाका मोहमद मुजिबल रायन रहे्का छन् । टिकटको अभावमा भने राहदानी भएर पनि राजकुमार तामाङ केन्द्रमै छन् ।
उनीहरूलाई राहदानीका लागि व्यवस्था गर्न नेपाली दूतावासलाई बारम्बार भन्दै आए पनि सहयोग नमिलेको गुनासो गरेको छन् । 'हामी एक महिना भइसक्यो केन्द्रमा आएर बसेको', परियारले भने, 'कम्पनीले रेस्पोन्स गर्दैन । दूतावासले सहयोग गर्दैन ।'
कार्यबाहक राजदूत गणेश ढकालले सम्बन्धित पक्षसँग यो विषयमा पहल गर्ने कान्तिपुरलाई बताए ।

दिलमायालाई एक लाख सहयोग

दोहा— कतार नेभिगेसन कम्पनीमा कार्यगत दंगालीहरूको बचत समूह जनभावना बचत समूहको संयोजकत्वमा दिलमाया रोका बचाउ अभियान सुरु भइरहेको छ । यो समूहले रकम संकलन गरी झन्डै एक लाख रुपैयाँ दिलमायालाई पठाइको छ । यो समूहले विभिन्न कम्पनीमा काम गर्ने नेपालीसँग रकम संकलन गरी पठाएको थियो ।  उनीहरूले उठाएको रकम पीडितलाई प्रभु मनीबाट नेपालमा पैसा पठाइएको हो ।

प्रकाशित : भाद्र ८, २०७१ ११:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT