कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानमा चरणबद्ध वार्ता

इस्लामावाद (बीबीसी) — राजधानी इस्लामावादमा जारी प्रदर्शनलाई लिएर पाकिस्तान सरकार तथा पूर्वक्रिकेटर इमरान खानको पार्टी तेहरिक ए इन्साफबीच भएको पहिलो चरणको वार्ता सकिएको छ। राम्रो वातावरणमा छलफल भएको पन्जाब प्रान्तका गभर्नर चौधरी मोहम्मद सरुरले बताए।

सरकारले आफूहरूको मागको अध्ययन गरेर जवाफ दिने तेहरिकका तर्फबाट संवादमा सहभागी शाह महमुद कुरैसीले जानकारी दिए।
उनीहरूबीच दोस्रो चरणको वार्ता पनि बिहीबार नै सुरु हुनेछ। इमरानको पार्टीले सरकार समक्ष ६ वटा माग राखेको छ। केही हजार व्यक्तिले संसदको अपमान गरिरहेको बिहीबारै पाकिस्तानी संसदले एक प्रस्ताव पनि पारित गरेको छ। अमेरिकालाई पाकिस्तानमा असंवैधानिक परिवर्तन स्वीकार नभएको पाकिस्तानबाट प्रकाशित खबरहरूमा भनिएको छ। 'हामी पाकिस्तानको संविधान र निर्वाचन प्रक्रियाको समर्थन गर्छौं,' अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता म्यारी हार्फलाई उद्धृत गर्दै डाँन र द नेसनल अखबारले जनाएको छ।

प्रकाशित : भाद्र ६, २०७१ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?