१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

ललितपुर महानगरपालिकामा ३ हजार कुकुर

ललितपुर — ललितपुर महानगरपालिका क्षेत्रमा सामुदायिक कुकुरको संख्या करिब तीन हजारको हाराहारीमा रहेको एक अध्ययनले देखाएको छ । कुकुरहरुको मानवीय व्यवस्थापन कार्यक्रमअन्तर्गत एनिमल नेपाल नामक गैरसरकारी संस्थाले गरेको कुकुर गणनासम्बन्धी अध्ययनबाट यस्तो तथ्याङ्क सार्वजनिकभएको हो ।

करिब तीन महिना सफ्टवेयरको प्रयोग गरी तथ्यांक संकलन गरिएको थियो । 

अध्ययनमा हरेक सामुदायिक कुकुरको रंग, लिंग, त्यसको स्वास्थ्य अवस्था लगायतको विभिन्न विवरणहरु समेटिएको थियो । अध्ययनका क्रममा दुई हजार नौ सय ४३ सामुदायिक कुकुरहरुमध्ये एक हजार पाँच सय ७७ वटा भाले कुकुर र एक हजार चार सय ८९ वटा पोथी कुकुर पाइएको थियो । ललितपुर महानगरपालिकासँगको सहकार्यमा भएको कुकुर गणनासम्बन्धी अध्ययनकार्य तीन महिनासम्म ललितपुरका २२ वटा वडामा गरिएको थियो ।

गणनामा कुकुरको लिङ्ग, बन्ध्याकरण, गर्भावस्था, बच्चालगायतको तथ्याङ्क संकलन गरिएको थियो । ललितपुर नगर क्षेत्रमा भएका सामुदायिक कुकुरहरुको लगत संकलन गरी उनीहरुको संख्यालाई मानवीय तबरले व्यवस्थापन गर्ने कार्यका लागि यो आँकडाले मद्दत पुर्‍याउने पशु कल्याणका क्षेत्रमा काम गर्ने अभियन्ता प्रमदा शाहको भनाइ छ ।
 
ललितपुर नगर क्षेत्रमा गरिएको सामुदायिक कुकुरको संख्या गणनापछि ती कुकुरहरुको बन्ध्याकरण पनि चाँडै गरिने संस्थाका कार्यकारी निर्देशक उत्तम काफ्लेले बताए । 

प्रकाशित : चैत्र १६, २०७३ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?