कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुगल सर्चमा सेलिब्रिटीको उत्तर

काठमाडौं — कुनै सेलिब्रिटीका बारेमा केही खुल्दुली छ भने गुगल सर्चमा खोज्नु पुरानो शैली भइसक्यो । गुगल सर्चमा भेटिने धेरै लिंकमा त्यसका उत्तर हुन सक्छन् । तर, जुन सेलिब्रिटीका बारेमा प्रश्न सोधिएको हो, उसैले भिडियोमार्फत उत्तर दिए के होला ?

गुगल सर्चमा सेलिब्रिटीको उत्तर


गुगलले आफ्नो सर्च इन्जिनमा यस्तै फिचर सुरु गरेको छ । तत्कालका लागि यो फिचर एन्ड्रोइडका लागि मोबाइल एप र आईओएस डिभाइसका लागि एप र मोबाइल ब्राउजर दुवैमा उपलब्ध छ । 
अहिले भारतीय कलाकार प्रियंका चोपडा, विल फेरेलसहित ११ सेलिब्रिटीलाई धेरैजसो सोधिने प्रश्नको उत्तर भिडियो सेल्फीमा राखिएको छ, जसमा सेलिब्रिटी आफैंले भिडियोमार्फत उत्तर दिएका छन् । भविष्यमा यो फिचर डेस्कटप ब्राउजरमा पनि उपलब्ध हुने गुगलले जनाएको छ ।

 

प्रकाशित : मंसिर २९, २०७४ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?