नवीन रायमाझी

दलालसंग अमेरिका आउन चाहनेका नाममा

काठमाडौँको ठमेलमा रहेको र हिमाली जिल्लाको नाम भएको ट्राभल एजेन्सीबाट हाल दक्षिण अमेरिकी देश एल साल्भाडोर र होण्डुरसको नागरिकता बनाई दिने र त्यसपछि अमेरिका सजिलै जान सकिने भनेर दलालहरु परिचालन भएको र इच्छुक ब्यक्तिहरु उत्साहित भएर अमेरिका गएर कस्तो जीवनशैली अपनाउने हो भनेर आफुलाई मानसिक रुपमा तयार गर्ने क्रममा छन्, जो लगभग असम्भब छ ।

डीभी भर्नेले विचार पुर्‍याउनु पर्ने कुराहरु

देश डीभीमय भएको छ । बजार, सडक र चोकका कुनाकुना डीभी चिठ्ठाको फाराम भर्ने सुचनासहितका सन्देशहरुले भरिएका छन् । अमेरिका आउने अरु बाटो नभएका र आउन इच्छुक व्यक्तिहरुको लागि यो सुवर्ण मौका हो ।

दशैंको आशिर्वाद 

सामाजिक सञ्जालमा शुभकामना आदानप्रदान गरेको देखेर दशैँले छोपिसकेको थाहा पाइयो । हरेक पटक फोनमा टिङ्गरिङ्ग गरेर आउने शुभकामनाले मलाई आश्चर्य मिश्रित खुशी प्रदान गर्छ ।

अमेरिकी बसाई : जानकारीको अभावमा उल्लु नहुनुस्

जानकारीको अभाब र सिक्न वा जान्ने इच्छा नहुँदा वा त्यो क्षमता नहुँदा अमेरिका बस्ने अधिकांस नेपालीहरुको अबस्था न हाँसको चाल न बकुल्लाको चाल भनेको जस्तो छ ।

अमेरिका : श्रम गर्न सिकाउने ठाउँ

पंक्तिकार अमेरिकाको सामाजिक, राजनैतिक र आर्थिक अबस्थाको बारेमा बहस गर्न सक्ने बौद्धिक हैसियत राख्दैन । तर, यसै समाजमा बसोबास गर्ने भएको कारण धेरै कुराहरु देखिन्छ, सुनिन्छ र भोगिन्छ, जसलाई नकार्न सकिन्न ।

नवीन रायमाझीका लेखहरु :

मनमा एउटा र बाहिर अर्कै कुरा

भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादले भारतीय समाजको बारेमा भनेका थिए, "जब पैसा बोल्न सुरु गर्छ, त्यसपछि सबै चुप लाग्छन्" अर्थात् समाजमा धनीले जे गरे पनि गरिबले सहन्छन् वा धनीसँग असहमति प्रकट गर्न सक्दैनन् ।

नेपाली सिनेमा किन हेर्ने?

मेरा परिचितहरु मध्ये करिब ७५ प्रतिशतले नेपाली सिनेमा नहेर्ने बताउँछन्, उनीहरु हेर्दै हेर्दैनन् कि हेरेर पनि झुट बोल्छन् । त्यो उनीहरुलाई नै थाहा होला । तर म धेरै पछिसम्म पनि नेपाली सिनेमाको नियमित दर्शक थिएँ, पछि विभिन्न कारणले नेपाली सिनेमा हेर्न छोडें ।

अमेरिका बस्नेले भन्दैमा किन विश्वास गर्नु ?

भोजपुरी भाषामा एउटा उखान छ, "जिन्दगी झण्ड बा, फिर भी घमण्ड बा" अर्थात एकथरी मान्छेहरु यस्ता हुन्छन् कि उनीहरुको जिन्दगी बर्बाद हुँदा पनि घमण्ड भने एक रत्ति कम हुँदैन ।

अमेरिकामा नेपाली : बर्मा गए पनि कर्म संगै 

एउटा चलनचल्तीको उखान छ, "बर्मा गए पनि कर्म सँगै", अर्थात् जता गए पनि मान्छेले आफ्नो संस्कार र बानी छाड्न सक्दैन । अरु देशको बारेमा पंक्तिकारलाई जानकारी भएन तर विभिन्न बाटोबाट अमेरिका आएर बसोबास गरिरहेका ब्यक्तिहरुको बारेमा यो उखान शतप्रतिशत मेल खान्छ । यसैक्रममा पंक्तिकारको बिभिन्न ब्यक्तिहरुसँग भेट हुने क्रममा प्राप्त अनुभवलाई यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु ।