मातृका दाहाल

दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

मातृका दाहालका लेखहरु :

सरकारी जग्गा र भवनमा दल र भ्रातृ संगठनकै कब्जा

सत्तारूढ दल एमालेको ७० जिल्लामा आफ्नै भवनमा पार्टी कार्यालय छ, आइतबार सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार पार्टीको खातामा १२ करोड ६९ लाख मौज्दात छ तर आश्चर्य एमालेको केन्द्रीय कार्यालय सरकारी जग्गामा बनेको प्रतिष्ठानमा छ । अझ, लोसपाको केन्द्रीय कार्यालय त वन विभाग परिसरमै छ । त्यति मात्र होइन, एमाले, कांग्रेस, माओवादी र एकीकृत समाजवादीका भ्रातृ संगठनका कार्यालय पनि सरकारी जग्गा र भवनमा छन् । 

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेलविरुद्ध फेरि अर्को भ्रष्टाचार मुद्दा दायर

गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियारले फेरि अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पौडेलले सार्वजनिक पदको दुरुपयोग गरी श्रोत नखुलेको २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको अभियोग लगाएको छ भने त्यति नै बिगो कायम गरी साेही बमोजिम जरिवाना असुल उपर गर्न माग दाबी पेश गरेको छ ।

अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र लिएको आरोपमा विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अमेरिकी स्थायी आवासीय अनुमति पत्र लिएको आरोपमा  सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पेमेन्ट गेटवे अनियमितता प्रकरण : सुनील पौडेल दोषी, सचिव मरासिनीसहित ८ लाई सफाइ

सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने राष्ट्रिय भुक्तानी प्रणाली (नेसनल पेमेन्ट गेटवे) का लागि उपकरण तथा परामर्श सेवा खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका प्रबन्ध निर्देशक दोषी ठहर भएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक छँदा भएको पेमेन्ट गेटवेका उपकरण र परामर्श सेवा खरिदमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको हो ।

पेमेन्ट गेटवेको भ्रष्टाचारमा सुनील पौडेल दोषी ठहर, सचिव मरासिनीसहित ८ लाई सफाइ

विशेष अदालले नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालील कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गरेको छ । यो प्रकरणमा सचिव मधुकुमार मरासनीसहित ८ जनालाई भने अदालतले सफाई दिएको छ ।

टेरामक्स प्रकरणमा पूर्वकानुन सचिव ज्ञवाली पनि तानिए

दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवबाट अवकाश पाएका ज्ञवाली सहसचिव छँदा टेरामक्सका उपकरण खरिदको सुरुवाती चरणमै संलग्न रहेको पाइएको हो ।

यसकारण वाग्मतीका मेयर थापाविरुद्ध साढे ५ करोड भ्रष्टाचारको मुद्दा

गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा सर्लाहीको वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गत स्थानीय तह निर्वाचनमा माओवादीबाट वाग्मती नगरपालिका प्रमुखमा निर्वाचित थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ५ करोड ३३ लाख ५३ हजार १ सय ९० रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मेयर बनेर भ्रष्टाचार : निर्माण कम्पनी, च्याउ फर्म, सहकारी र जग्गामा लगानी

गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेकपा माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा बागमती नगरपालिकाको मेयरमा निर्वाचित थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

घूसको रकमले जग्गा खरिद

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनी कोषको योजना प्रमुख रहेका बेला ठेकेदारबाट घूस लिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

अन्तःशुल्क स्टिकर प्रकरणमा पनि तानिए मुख्यसचिव अर्याल

मुख्यसचिव बैकुण्ठ अर्याल एकपछि अर्को भ्रष्टाचार प्रकरणमा तानिँदै गएका छन् । अन्य अनुसन्धानको किनारा नलाग्दै उनी मदिराको अन्तःशुल्क स्टिकर छपाइ प्रकरणसम्बन्धी अनियमिततामा पनि मुछिएका हुन् ।