कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बस्ती बचाउन योजना

सिन्धुपाल्चोक — भोटेकोसी बाढीले क्षतिग्रस्त गाउँबस्ती संरक्षण गर्न अर्थ मन्त्रालयले २० करोड रुपैयाँ विनियोजन गरेको छ । गत वर्षातको बाढीले क्षति पुर्‍याएको तातोपानीदेखि बलेफी गाउँपालिकाको लामोसाँघुसम्मका १२ वटा बस्ती संरक्षणका लागि उक्त रकम विनियोजन गरिएको हो ।

सांसद मोहनबहादुर बस्नेतका अनुसार स्थानीयको मागबमोजिम जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयमार्फत बजेट विनियोजन गरिएको हो । योजनाअन्तर्गत सुनकोसी किनारमा रहेको लामोसाँघुको खेल मैदानको संरक्षण र निर्माणसमेत हुनेछ ।

भूकम्प, भोटकोकोसी बाढी र जुरेपहिरोका कारण जोखिममा परेका बस्ती जोगाउन सरकारले उल्लेख्य योजना ल्याउन नसकेको स्थानीयको गुनासो छ । पुन:संरचनाका काम अझै हुन सकेको छैनन् । गत वर्षको भोटकोसी बाढीले उत्तरको एक मात्र महत्त्वपूर्ण तातोपानी नाकाको बस्ती नै उजाड बनाएको छ । त्यसपछि हालसम्म पनि सञ्चालनमा नआएको नाका कहिलेबाट चल्ने अझै यकिन छैन ।

प्रकाशित : चैत्र ७, २०७३ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?