कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रूपाकोटमा पर्यटक

खोटाङ — पर्यटकीय क्षेत्र रूपाकोटमा पर्यटकको संख्या ह्वात्तै बढेको छ । हिमशृंखला, मनोरम दृश्यावलोकन, जडीबुटी, वन्यजन्तु तथा विभिन्न पन्छी देख्न पाइने भएकाले आन्तरिक पर्यटक आउने गरेका हुन् ।

पर्यटकीयस्थल रूपाकोट क्षेत्रलाई पर्यावरणीय तथा धार्मिक केन्द्रविन्दुका रूपमा चिनिन्छ । मझुवागढी नगरपालिकामा पर्ने यो रमणीय रूपाकोटमा रमाइलो गर्न तन्नेरीहरू झुम्मिने गरेका छन् । प्राकृतिक मनोरम, जैविक विविधता, विभिन्न प्रजातिका चराचुरुंगी, लोपोन्मुख वन्यजन्तुका साथै महत्त्वपूर्ण जडीबुटी पाइने भएकाले यस क्षेत्रमा पर्यटक आउने गरेको स्थानीय सप्तमणि राईले बताए ।

विश्वको सर्वाेच्च शिखर सगरमाथाको चुचुरो तथा अन्य हिमालको लस्कर हेर्न पर्यटक आउने पूर्वसांसद टंक राईले बताए । रूपाकोट पर्यापर्यटनको भविष्य बोकेको पर्यटकीय क्षेत्र भएकाले यसको प्रवद्र्धन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी प्रहलाद पोखरेलले बताए । ‘रूपाकोट लोभलाग्दो ठाउँ रहेछ ।’ प्रजिअ पोखरेलले भने, ‘पर्यापर्यटनका लागि योजना बनाएर काम सुरु गर्नुपर्छ ।’ रूपाकोट जिल्लाकै पानीको स्रोत भएकाले पनि यसको संरक्षण गर्नुपर्ने जिल्ला वन अधिकृत लोकराज नेपालले बताए । रूपाकोट क्षेत्रमा जिल्ला वन कार्यालयले विभिन्न पोखरीसमेत निर्माण गरेको छ । पोखरीको पानीले मुहान सुक्न नदिनुका साथै कालान्तरमा पानीको मुहान फुट्न सहयोग पुग्ने नेपालले बताए ।

प्रकाशित : वैशाख ७, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?