सान्जेनको सेयर निष्कासन गर्नु सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौं — सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको सेयर बिक्री गर्नु नागरिक लगानी कोष र सह–निष्काससन तथा बिक्री प्रबन्धक कम्पनीबीच सम्झौता भएको छ । कोष र सह–निष्कासन कम्पनीहरू एनसीएम मर्चेन्ट बंैकिङ, सिभिल क्यापिटल मार्केट, प्रभु क्यापिटल, एनएमबी क्यापिटल तथा ग्लोबल आईएमई क्यापिटलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको जारी विज्ञप्तिमा छ ।

सान्जेनले पहिलो चरणको सेयर निष्कासनका लािग छुट्टयाइएको समूह ‘ग’ बमोजिमको ऋण दाता संस्थाका कर्मचारी, संस्थापक सेयरधनी संस्थाका कर्मचारी, समूह ‘घ’ अन्तर्गतका कर्मचारी सञ्चय कोषकमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीका लागि ८७ लाख ६० हजार कित्ता सेयरको लागि सह–निष्कासन कम्पनीबीच सम्झौता भएको कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए । 

प्रकाशित : जेष्ठ ५, २०७४ ०९:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नेप्से परिसूचक स्थिर रह्यो

कान्तिपुर संवाददाता

काठमाडौं — सातामा कारोबारको अन्तिम दिन (बिहीबार) सेयर बजार मापक नेप्से परिसूचक लगभग स्थिरजस्तै बनेको छ । उक्त दिन कारोबार सुरु भएको करिब १ घण्टासम्म सामान्य अवस्थामा चलेको बजार त्यसपछि ओरालो लाग्न थालेको थियो । यो घटाइले करिब एक घण्टामा नेप्सेलाई १० अकं तल झार्‍यो ।

त्यसपछि केही सम्हालिँदै उकालो लागेको बजार अन्तत: ०.३९ अंकले मात्र घटेर १ हजार ६ सय ४३. ८७ विन्दुमा पुग्यो । अघिल्लो दिनको तुलनामा परिसूचक ०.०२ प्रतिशतले कम हो । कारोबारमा आएका धेरै समूहहरूको परिसूचक बढे पनि बैंकिङ र ‘अन्य’ समूहको परिसूचक घटेपछि नेप्सेमा सामान्य दबाब परेको हो । 

बिहीबार बैंकिङ समूहको परिसूचक ०.५३ प्रतिशतले घट्यो । जलविद्युत् लगानी तथा विकास कम्पनीको सेयर मूल्य घटेपछि ‘अन्य’ समूहको परिसूचक ०.२५ प्रतिशत ऋणात्मक रह्यो । उक्त दिन बिमा समूहको परिसूचक ०.३३, उत्पादन तथा प्रशोधनको १.५३, होटलको १.५८, जलविद्युत्को १.२२, विकास बैंकको ०.६९ र वित्त कम्पनीको ०. ६७ प्रतिशत बढे । करिब साढे ५ हजार कारोबारबाट १ सय ४६ कम्पनीका १२ लाख ७ हजार ६ सय ९ कित्ता सेयर किनबेच भए । ती कारोबारबाट ७८ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । 

प्रकाशित : जेष्ठ ५, २०७४ ०९:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT