कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिभिलले बोनस सेयर वितरण गर्ने

काठमाडौं — सिभिल बैंक लिमिटेडको छैटौं वार्षिक साधारणसभाले आव ०७२/७३ को नाफाबाट सेयरधनीलाई २.८८ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.१५१६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ ।

यसैगरी सभाले युनिक फाइनान्स र हामा मर्चेन्ट फाइनान्सलाई सिभिलले प्राप्ति गर्ने प्रयोजनका लागि मूल्यांकनकर्ता जेबी राजभण्डारी एन्ड डिबिन्सबाट प्राप्त दुवै लक्षित संस्थाको सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए) बमोजिम पछिल्लो बजार मूल्य तथा इजाजत पत्र वर्गसमेतका आधारमा प्रक्रिया अघि बढाएको विज्ञप्तिमा उल्लेख छ । यस प्रक्रियामा सिभिलको प्रतिसेयर मूल्य सय रुपैयाँ बराबर युनिकको ९० रुपैयाँ र हामा मर्चेन्टको ८९ रुपैयाँ कायम हुने गरी सिभिलको एक कित्ता सेयर बराबर युनिक फाइनान्स लिमिटेडका सेयरधनीहरूलाई सिभिलको ०.९० कित्ता र हामाका सेयरधनीलाई सिभिलको ०.८९ कित्ता सेयर दिने भएको छ । 

प्रकाशित : जेष्ठ ५, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?