कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जहाँ कसैको पनि तलब गोप्य छैन

लास बेभान्गर

ओस्लो (नर्वे) — बेलायती अखबारहरूले केही दिनअघि बीबीसीका स्टार एङ्करहरूको तलब सार्वजनिक गरे। कसले कति तलब बुझछन् भन्नेबारेको यो सूचना त्यहाँ सर्वसाधारणका लागि पहिलोपटक सार्वजनिक भएको हो।

जहाँ कसैको पनि तलब गोप्य छैन

तर, एउटा यस्तो मुलुक पनि छ, जहाँ कसैको पनि तलब गोप्य हुँदैन। जोकोहीले पनि अन्य कसैको तलबबारे सजिलै जानकारी लिन सक्छन्।

 यस्तो व्यवस्था भएको मुलुक हो नर्वे। त्यहाँ सर्वसाधारणले एकै क्लिकमा आफूले जानकारी लिन खोजेको व्यक्तिको तलब थाहा पाउन सक्छन्। नर्वेमा अनलाइन मार्फत कसले कति कमाउँछन्, कति कर तिर्छन् र उसको सम्पत्ति कति छ भन्ने जानकारी सजिलै लिन सकिन्छ। 

सन् २००१ मा नर्वेली नागरिकको आय र सम्पत्तिको विवरण अनलाइन गर्नुअघि सबै जानकारी एउटा किताबका रूपमा सार्वजनिक पुस्तकालयमा राख्ने गरिन्थ्यो। जानकारी लिन चाहनेहरूले तिनै पुस्तकालहरूमा गएर सूचना प्राप्त गर्ने गर्थे। 

यहाँका एक राष्ट्रिय अखबारमा व्यावसायिक सम्पादक रहिसकेका टोम स्टाभी भन्छन्, ‘यस्ता विवरण धेरै मानिसका लागि मनोरञ्जन गर्ने साधनसमेत बन्ने गर्छन्।’ उनी पादर्शितामा जोड दिन्छन्। भन्छन्, ‘पारदर्शिता आवश्यक छ तर यसको पनि सीमा तोकिनुपर्छ।’ नर्वेलीहरू कर तिर्नमा सबैभन्दा अगाडि छन्। बेलायतभन्दा पनि अगाडि छन्। 

‘युरोस्टेट’ का अनुसार नर्वेलीहरूले औसतमा ४० दशमलव २ प्रतिशत कर चुक्ता गर्नुपर्छ। औसत करको दायरा बेलायतमा ३३ दशमलव ३ र युरोपेली युनियनमा ३० दशमलव १ प्रतिशत रहेको छ। स्टाभी थप्छन्, ‘मानिसले यति धेरै कर तिरिरहेका छन् भने अरू यसरी नै तिरिरहेका छन्/छैनन् र उनीहरूको पैसा कहाँ उपयोग भइरहेको छ भन्नेबारे जानकारी राख्नु आवश्यक हुन्छ।’ नर्वेको कार्यस्थलमा तलबमा असमानता हटाउनका लागि सहकर्मीहरूको तलबबारे जानकारी सार्वजनिक गर्ने गरिएको हो। यहाँ समान कार्यका लागि महिला र पुरुष कर्मचारीको तलबबीचमा अत्यन्तै कम अन्तर छ। ‘द वल्र्ड इकोनोमिक फोरम’ का अनुसार यो मामिलामा नर्वेको स्थान १४४ औंमा तेस्रो रहेको छ। स्टाभीका अनुसार नर्वेमा कसैले अरूको तलबबारे जानकारी लिनका लागि नागरिकले आफ्नो राष्ट्रिय परिचय पत्रबाट वेबसाइट लगइन गर्नुपर्छ। बिनाआईडी नम्बरको लगइन गर्न नपाइने उनी बताउँछन्।

नर्वेली कर प्रशासन प्रमुख ह्यान्स क्रिस्टियन होल्टे भन्छन्, ‘सन् २०१४ भन्दा अगाडि जोकोहीले पनि अन्य कसैको तलबबारे जानकारी लिन सक्थे। तर, तीन वर्षयता सर्वसाधारणले लगइन गर्न अनिवार्य गरिएको छ।’ नर्वेमा ५२ लाख जनसंख्यामध्ये ३० लाखले कर तिर्छन्। एक अर्काको तलब र सम्पत्ति थाहा पाउनका लागि लगभग २० लाखले हरेक वर्ष वेबसाइटमा लगइन गर्छन्। नयाँ व्यवस्थाअनुसार व्यक्तिको तलब र सम्पत्तिबारे जानकारी लिनेहरूको सूचनासमेत राख्ने व्यवस्था गरिएको छ। 

नर्वेकी एक महिला नेली जोर्गे भन्छिन्, ‘पहिले म अरूको तलब थाहा पाउने प्रयास गर्थें तर अब यस्तो गरेमा मेरो जानकारी पनि सार्वजनिक हुन सक्छ।’ एउटी शिक्षिका हेग ग्ल्याड भन्छिन्, ‘तलब र सम्पत्तिलाई पारदर्शी गर्नुमा नकारात्मक प्रभाव पनि छ। मलाई थाहा छ कि जब म स्कुलमा थिएँ, केही छात्रले एक अर्काका बुबाको तलब र सम्पत्तिबारेमा सूचना आदानप्रदान गरिरहेका थिए। असमान तलबबारे जानकारीले भेदभाव पनि हुने गथ्र्यो।’ क्रिस्टियनका अनुसार यस प्रकारको भेदभाव रोक्नका लागि लगइन व्यवस्थाको सुरुआत गरिएको हो।

– बीबीसी न्युज

प्रकाशित : श्रावण १०, २०७४ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?