कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनबाट नेपाल आउने जहाज भारतभन्दा दोब्बर

तिब्बत एयरलाइन्सद्वारा मंगलबारदेखि छेन्दु–काठमाडौं–छेन्दु सीधा उडान सुरु

काठमाडौं — नेपालका लागि अन्तर्राष्ट्रिय उडानतर्फ चीनले भारतलाई दोब्बरले उछिनेको छ । चीनमा आन्तरिक उडान भर्दै आएको तिब्बत एयरलाइन्सले मंगलबारदेखि छेन्दु–काठमाडौं–छेन्दु सीधा उडान सुरु गरेपछि काठमाडौंका लागि उडान भर्ने चिनियाँ विमानको संख्या ६ पुगेको हो ।

चीनबाट नेपाल आउने जहाज भारतभन्दा दोब्बर

यसैगरी भारतबाट आउने हालसम्म ३ वटा मात्रै छन् । 

हाल चीनको ल्हासा र छेन्दुबाट दैनिक एयर चाइना, कन्मिङबाट चाइना इस्टर्न, ग्वाङजाउबाट चाइना साउदर्न, ल्हासा र छेन्दुबाट सिचुअवान र हङकङबाट ड्रयागनसहित ५ वटाले उडान भर्दै आएका थिए । मंगलबारदेखि छेन्दुबाट तिब्बत एयरले उडान सुरु गरेपछि अब काठमाडौंमा ६ चिनियाँ ध्वजाबाहक जहाज पुगेका छन् । यता भारतको कोलकाता र नयाँदिल्लीबाट एयर इन्डिया, दिल्लीबाट इन्डिगो र मुम्बई तथा दिल्लीबाट जेट एयरवेजले उडान भर्दै आएका छन् । ‘भारतको तुलनामा चिनियाँ विमानको संख्या बढ्नु रहस्य र चासोको विषय हो,’ काठमाडौंस्थित एक चिनियाँ एयरलाइन्ससँग आबद्ध कर्मचारीले भने ।

मंगलबारदेखि उडान थालेको तिब्बत एयरलाइन्सले असार ५ मा आधारभूत प्रामाणिक उडान (टेस्ट फ्लाइट) गरेको थियो । यसले सातामा चार दिन (सोम, मंगल, बिही र शनिबार) उडान भर्ने आधिकारिक बिक्रेता हिमालय एयरलाइन्सले जनाएको छ । यसले काठमाडौंका लागि १ सय २८ सिट क्षमताको एयरबस ३१९ उडाउने भएको हो ।

प्रकाशित : श्रावण २५, २०७४ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?