कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वियाली राष्ट्रपतिद्वारा वाइवाई प्लान्ट उद्घाटन

कान्तिपुर संवाददाता

काठमाडौं — सर्वियाली राष्ट्रपति अलेक्जेन्डर भुचिसले रुमामा स्थापित वाइवाई चाउचाउ प्लान्टको उद्घाटन गरेका छन् । नेपाली ब्रान्ड वाइवाईलाई युरोपेली बजारमा उच्च महत्त्व दिँदै नवनिर्मित प्लान्ट उद्घाटन गर्न उनी आफैं सरिक भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

 सर्वियाली राष्ट्रपतिद्वारा वाइवाई प्लान्ट उद्घाटन

सर्वियाली राष्ट्रपति अलेक्जेन्डर भुचिसले रुमामा स्थापित वाइवाई चाउचाउ प्लान्टको उद्घाटन गरेका छन् ।

नेपाली ब्रान्ड वाइवाईलाई युरोपेली बजारमा उच्च महत्त्व दिँदै नवनिर्मित प्लान्ट उद्घाटन गर्न उनी आफैं सरिक भएको जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि वाइवाईले सर्वियाको रुमास्थित प्लान्टबाट व्यावसायिक उत्पादन सुरु गरेको थियो ।

उक्त अवसरमा राष्ट्रपति भुचिसले सर्वियाको अर्थतन्त्रमा वाइवाईले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । कार्यक्रममा सीजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरी, प्रबन्ध निर्देशक निर्वाण चौधरी एवं ग्रुपका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : आश्विन २०, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?