कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सेलेरियो’ नेपालमा भित्रियो

काठमाडौं — सीजी मोटोकर्पले प्यासेन्जर कार ‘सेलेरियो’ को नयाँ फेसलिफ्ट भर्जनहरू नेपाली बजारमा भित्र्याएको छ । ‘द पर्फेक्ट फेमिली कार’ का रूपमा सार्वजनिक गरिएको ‘सेलेरियो’ मा पारिवारिक आवश्यकतालाई विशेष ध्यान दिइएको कम्पनीले दाबी गरेको छ ।

 ‘सेलेरियो’ नेपालमा भित्रियो

सीजी मोटोकर्पले प्यासेन्जर कार ‘सेलेरियो’ को नयाँ फेसलिफ्ट भर्जनहरू नेपाली बजारमा भित्र्याएको छ ।

‘द पर्फेक्ट फेमिली कार’ का रूपमा सार्वजनिक गरिएको ‘सेलेरियो’ मा पारिवारिक आवश्यकतालाई विशेष ध्यान दिइएको कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार ‘सेलेरियो’ मा परीक्षित तथा प्रमाणित अवार्ड विजेता ‘के१०’ इन्जिनको प्रयोग गरिएको छ । यो इन्जिनले ६८ पीएसको अधिकतम शक्ति उत्सर्जन गर्दै श्रेणीमै सर्वाधिक दाबी गरिएको २३ दशमलव १ किलोमिटर प्रतिलिटर माइलेज दिने क्षमता रहेको कम्पनीले जनाएको छ ।

सार्वजनिक नयाँ फेसलिफ्ट (परिस्कृत) कारहरूमा समयसापेक्ष नयाँ फ्रन्ट ग्रिल र स्टाइलिस फ्रन्ट बम्पर एसेम्ब्लीको प्रयोग गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । चारवर्षे वारेन्टी तथा ८ वटा नि:शुल्क सर्भिसिङ सुविधासहित उपलब्ध हुने कारको सुरुवाती मूल्य कम्पनीले २३ लाख ३९ हजार रुपैयाँ तोकेको जनाएको छ ।

प्रकाशित : पुस ४, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?