कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छ महिनामा विनियोजित बजेटको २७ प्रतिशत मात्र खर्च

काठमाडौँ — सरकारले चालू आर्थिक वर्षको छ महिनामा रु तीन खर्ब ४० अर्ब १९ करोड गरेको छ । यो कूल बजेटको २७ प्रतिशत मात्रै हो । 

छ महिनामा विनियोजित बजेटको २७ प्रतिशत मात्र खर्च

चालू आवको मंसिर महिनासम्मको खर्च प्रवृत्ति सुधारोन्मुख रहेको र कूल विनियोजित बजेट रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारमा २६.६ प्रतिशत खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलका अनुसार चालू खर्च रु दुई खर्ब ९२ अर्ब ७८ करोड अर्थात् ३६.४४ प्रतिशत खर्च भएको छ । यसैगरी पूँजीगततर्फ रु ३१ अर्ब ९९ करोड अर्थात् ९.५५ प्रतिशत खर्च भएको छ ।


वित्तीय व्यवस्थातर्फ रु १५ अर्ब ४१ करोड अर्थात् १०.९९ प्रतिशत खर्च भएको छ । सरकारले पूँजीगत खर्च बढाउन सम्बन्धित मन्त्रालयमार्फत आयोजना तथा कार्यालयहरुलाई निर्देशन दिइएको जनाएको छ ।


चालू आवको मंसिर महिनासम्ममा रु दुई खर्ब ५१ अर्ब १२ करोड ७४ लाख ९७ हजार राजश्व संकलनको लक्ष्य राखिएकामा ९५.५६ प्रतिशत असुली हुनसकेको छ । यो गत आवको यसै अवधिको तुलनामा ११४.९७ ले वृद्धि हो ।

प्रकाशित : पुस ९, २०७४ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?