कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुत्ताचप्पलको प्रदर्शनी हुने

काठमाडौँ — फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका राजधानीको भृकुटीमण्डपस्थित मुख्य प्रदर्शनी हलमा १४औं जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरूको औद्योगिक प्रदर्शनी आयोजना गर्ने भएको छ ।

जुत्ताचप्पलको प्रदर्शनी हुने

आयोजकका अनुसार प्रदर्शनीमा जम्मा १३५ वटा स्टल रहनेछन् । प्रदर्शनीमा जुत्ताचप्पल उत्पादन गर्ने उद्योगहरू, छालाजन्य वस्तु उत्पदकहरू र यस उद्योगहरूका लागि कच्चा पदार्थ उत्पादन गर्ने उत्पादक तथा वितरकहरूको समेत सहभागिता रहने जारी विज्ञप्तिमा उल्लेख छ ।

‘आत्मनिर्भरताको आधार, स्वदेशी वस्तुको प्रयोग’ नारासहित पुस १३ बाट प्रदर्शनी सुरु हुने विज्ञप्तिमा उल्लेख छ । प्रदर्शनीस्थलबाट खरिद गरिएका जुत्ताचप्पल र वस्तुहरूमा १५ प्रतिशतसम्म छुट, नि:शुल्क स्वास्थ्य शिविर, रक्तदानलगायतका कार्यक्रमसमेत प्रदर्शनीमा रहेको आयोजकले जनाएको छ ।

प्रकाशित : पुस ११, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?