कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामचन्द्रले लन्डनमा भने, ‘चुनाव नहुने आशंका बढ्यो’

‘कांग्रेसभित्रै ग्रयाण्ड डिजाइन बनिरहेकाले ती खलपात्रलाई चिन्न जरुरी छ’
कान्तिपुर संवाददाता

लन्डन — कांग्रेस नेता रामचन्द्र पौडेलले चुनाव नहुने आशंका बढेको बताएका छन् ।

नेपाली जनसम्पर्क समिति, बेलायतले सोमबार लन्डनमा आयोजना गरेको कांग्रेस पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको पूण्यतिथि कार्यक्रममा पौडेलले मंसिरभित्र तीनवटा चुनाव गर्नुपर्नेमा अहिलेसम्म एउटै टुंगो नलागेको बताए ।

रामचन्द्रले लन्डनमा भने, ‘चुनाव नहुने आशंका बढ्यो’

कांग्रेस नेता रामचन्द्र पौडेलले चुनाव नहुने आशंका बढेको बताएका छन् ।

नेपाली जनसम्पर्क समिति, बेलायतले सोमबार लन्डनमा आयोजना गरेको कांग्रेस पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको पूण्यतिथि कार्यक्रममा पौडेलले मंसिरभित्र तीनवटा चुनाव गर्नुपर्नेमा अहिलेसम्म एउटै टुंगो नलागेको बताए । ‘मधेसी मोर्चा संशोधन नगरि निर्वाचनमा भाग लिन्नौं भन्ने, एमाले संशोधन गर्नै नमान्ने अनि प्रधानमन्त्री प्रचण्ड मधेसीले नमानेसम्म म चुनाव घोषणा गर्दिनभन्ने अनि कसरी हुन्छ चुनाव’, उनको प्रतिप्रश्न थियो ।

नेपालको राजनीति अहिले माखेसाङलोमा अड्किएको बताउँदै नेता पौडेलले गुटबन्दीमा राजनीति गर्ने जमात बढिरहेको दाबी समेत गरे । ‘शान्तिका अग्रदूत बुद्धको देशमा द्वन्द्व र विखण्डन बढाउने काम भइरहेको छ,' पौडेलले भने, ‘कांग्रेसभित्रै ग्रयाण्ड डिजाइन बनिरहेकाले ती खलपात्रलाई चिन्न जरुरी छ ।’

डेनमार्कमा जनसम्पर्क समितिको अधिवेशन सकेर लन्डन आएका पौडेलले नेपालमा राजनीतिक अधिकार प्राप्तिपछि सबैले जनदायित्व एवं कर्तव्य भुलेको गुनासो पनि गरे । ‘देश बनाउने चिन्ता कसैलाई भएन’, उनले थपे, ‘अधिकार मात्र खोजियो । अहिलेको संविधानमा यति मौलिक अधिकारका कुरा लेखिएको छ कि त्यो संसारमै छैन् ।’

देशमा संघीयता, समावेशीता, गणतन्त्र र लोकतन्त्र जस्ता मुख्य उपलब्धिभइसकेपछि सानातिना बखेडा झिकेर झगडा मात्र नगर्न उनको आग्रह थियो ।

जनसम्पर्क समिति बेलायतको विवाद आफैं समाधान गर्न सुझाउँदै उनले बेलायतवासी नेपालीलाई राजनीतिक खिचातानी भन्दा स्वदेशको आर्थिक समृद्धि, सामाजिक विकास, कृषि क्रान्ति, प्रविधि र अनुभव हस्तान्तरणतर्फ सोच्न एवं पर्यटन तथा जलश्रोतमा लगानी गर्न आग्रह गरे ।

समितिका सभापति लोक गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा समितिका सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएनए युरोप संयोजक कुल आचार्य, डा. कपिल रिजाल, योगेन क्षेत्री, डा. पुरुषोत्तम पौडेल, विनोद मोक्तान, शिवजी श्रेष्ठ, विजन भटट्, केशबहादुर गुरुङ, शेर सुनार, राजकुमार त्रिपाठी, युवराज गुरुङ, डा. मिन रानाभाट लगायत दर्जन बढि वक्ताले बोलेका थिए ।

प्रकाशित : फाल्गुन ३, २०७३ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?