कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महत र लक्जम्बर्गका प्रधानमन्त्री बेटेलबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौं — युरोप भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बिहीबार लक्जम्बर्गका प्रधानमन्त्री ज्याभियर बेटेलसहित दुई मन्त्रीसँग भेटवार्ता गरेका छन् ।

महत र लक्जम्बर्गका प्रधानमन्त्री बेटेलबीच भेटवार्ता

मन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकका अनुसार महतले बेटेलसँग उनकै कार्यकक्षमा भेटवार्ता गरेका थिए । वार्तामा महतले लक्जम्बर्गले दिने अन्तर्राष्ट्रिय सहयोगको प्राथमिकता सूचीमा नेपाललाई पनि समावेश गर्न आग्रह गरे ।

महतको आग्रहपछि प्रधानमन्त्री बेटेलले नयाँ दिल्लीमा रहेको लक्जम्बर्गको दूतावास र बेल्जियममा रहेको नेपाली दूतावासमार्फत यो प्रक्रिया अगाडि बढाउने र नेपाललाई समेत सहयोगको प्राथमिकताको सूचीमा राख्ने बारेमा पुनर्विचार गर्ने आश्वासन दिएको पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हालसम्म लक्जम्बर्गले नेपाललाई युरोपियन युनियन र विभिन्न अन्तर्राष्ट्रिय सहयोग संस्थामार्फत् विशेषगरी शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको छ ।

महतले यस सहयोगका लागि विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि नेपाललाई विशेषगरी पूर्वाधार निर्माण, सीप विकास र पुनर्निर्माणका क्षेत्रमा थप सहयोगका लागि आग्रह गरेका थिए । महतले लक्जम्बर्गका विदेशमन्त्री जिन असलबर्न र अन्तर्राष्ट्रिय विकास मन्त्री रोमेन सिडरसँग समेत द्धिपक्षीय भेटवार्ता गरेका थिए ।

प्रकाशित : फाल्गुन ६, २०७३ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?