कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

पृथ्वी सुब्बाले जापानमा भने, 'तपाईहरुले प्रचार गरेपनि पूर्वाधार नबन्द पर्यटक आउन गाह्रो'

प्रकाश पन्थी

टोकियो (जापान) — नेपाल कम्यूनिष्ट पार्टि एमालेका सचिव तथा पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन प्रर्वद्धनका लागि राजधानीको सडक मर्मत र सहायक बिमानस्थललाई सक्दो छिटो चलायमान बनाउनुपर्ने बताएका छन् ।

पृथ्वी सुब्बाले जापानमा भने, 'तपाईहरुले प्रचार गरेपनि पूर्वाधार नबन्द पर्यटक आउन गाह्रो'

पूर्वाधार विकास बिना पर्यटन प्रर्वद्धन सम्भव नरहेको भन्दै गुरुङले प्रवासमा रहेका नेपालीले देखाएको सक्रृयतालाई हेरेरै भएपनि राजधानीको सडक मर्मत र अन्तराष्ट्रिय बिमानस्थललाई स्तरोन्नती गर्नुको विकल्प नरहेको बताए ।
 
गैरआवासीय नेपाली संघ, जापानले नेपाल फेस्टिवललाई सुझाव दिन राजधानी टोकियोस्थित सिनओकुबोमा आइतवार आयोजित कार्यक्रममा एमालेका सचिव तथा पूर्वमन्त्री गुरुङले उक्त बताएका हुन् । 
 
पूर्वपर्यटन सस्ंकृति तथा नागरिक उड्ययनमन्त्री समेत रहेका गुरुङले बाराको निजगढ, भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थललाई युद्धस्तरमा बनाउन सके भौतिक पूर्वाधार सम्पन्न भनिएको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको गुणस्तर सुधार गरि घन्टौं लाइन लाग्ने अवस्थाको अन्त्य हुने पनि बताए । 

सरकार र राजनीतिक दलबिचमा आपसी सममति नहुँदा बन्द हडतालले प्रश्रय पाएको तर अत्यावश्यक भएका पूर्वाधार निर्माणमा ध्यान दिन नसक्दा प्रवासी नेपालीले जतिसुकै प्रचारप्रसार गरेपनि पर्यटन प्रर्वद्धन फलदायी नभएको भन्दै गुरुङले राजधानीको अस्तव्यस्त बातावरण र खस्कदै गएको त्रिभुवन बिमानस्थलको गुणस्तर र सहायक भनिएका बिमानस्थलको निर्माणमा ढिलाईले पर्यटन प्रर्वद्धनमा प्रभाव पारेको बताए ।
 
राजनीतिक अस्थिरता र सरकारी उदासिनताले जनमानसमा बितृष्णा भएर बढ्दो बिदेशिने क्रमलाई कम गर्न सरकारले सबै पक्षसँग सहकार्य गरेर पुर्वाधार बिकासमा तगारो बनेको मजदुर हडताल र नेपाल बन्द लगायतका कार्य तत्काल रोक्नुपर्ने बताउँदै लगानी मैत्री बनाएर अन्तराष्ट्रियस्तरमा चिनाउन सकेमात्र लगानी भित्रिने बताए ।

गुरुङले राजधानीको सडक बिस्तारका क्रममा रहेको चिनियाँ लगानीकर्ता मजदुर हडताल र नेपाल बन्दका कारण गिटी पाउन नसकेर फर्किदा समेत सरकारीस्तरबाट  भएको बेवास्ताको आलोचना गरे ।
 
उनले जापान सहित कोरिया र मलेसियामा भएका नेपालीले गरेको प्रचारप्रसारको प्रभाव हालैका दिनमा जापानी नागरिकको नेपाल भ्रमण दरमा भएको बृद्धिको सकारात्मक भएपनि पूर्वाधार बिकास बिना पर्यटन प्रर्वद्धन र निकास सम्भव नरहेको महसुस गर्दै आफैले २०६४ मा मन्त्रिपरिषद्बाट सहायक अन्तराष्ट्रिय बिमानस्थल निर्माणका लागि गराएको निर्णय अहिलेसम्म लागु नहुनु दु:खद भएको बताए ।
 
द्धन्द्धको समयमा समेत नेपालमा पर्यटन प्रभावित थिएनन् । एमाले सचिव गुरुङले भने पछिल्ला १० बर्षे गतिविधिले सडक धुलाम्य भएका छन् । एउटै बिमानस्थल भएकाले थेगिनसक्नु चापले घन्टौं लाइनमा बस्नु पर्दाको पीडा बोकेर फर्केका पर्यटक अर्को पटक आउने बातावरण सरकारले बनाउनु पर्ने उनको भनाई थियो । 
 
द्धन्दले समेत नछोएको नगरकोट, धुलिखेल र पोखराका होटलक्षेत्रलाई अहिले सडकका खाल्टा र धुलोले अस्तव्यस्त पारेको भन्दै एमाले सचिव गुरुङले बिमानस्थल लगायतको विकास बिना गाउँका होमस्टेमा पर्यटक नजाने ठोकुवा गरे ।
 
सरकारी लगानीको नेपाल बायु सेवा निगमले भर्ने मध्येमा सबैभन्दा बढी भारतीय उडानक्षेत्रका अधिकांश उडानमा ६० प्रतिशत रित्तै हुनेगरेको आफुले पाएको भन्दै गुरुङले जापानी लगानीकर्तालाई जाने बाटोको निर्माण तथा मर्मत र होटल, रिसोर्ट एवम् कृषिको आधुनीकिकरणमा लगानीको प्रतिवद्धता जाहेर गर्ने गरि सघाउन जापानबासी नेपालीलाई सुझाव दिए । 
 
कार्यक्रममा गैरआवासीय नेपाली सघं जापानका अध्यक्ष सुदन थापाले विदेशमा नेपाली सामाग्रीको प्रचारप्रसार एवंम् प्रर्वद्धन गरी स्वदेशमा लगानी बढाउन दुईसाता अघि जापानमा गरिएको एकसम्झौतालाई यहि मार्च अन्तिमसाताबाट आधिकारिकता दिलाउने बताए । उनका अनुसार दुईसाताअघि उद्योग मन्त्री नविन्द्रराज जोशि र गैरआवासीय नेपाली सघं (एनआरएनए) जापान बिच नेपाली उद्योगी व्यवसायीले नेपालमै उत्पादन गरेका कुनैपनि सामाग्री निवार्धरुपमा जापानसहित विश्वव्यापी बजारमा पुऱ्याउदा हुने सरकारी झण्झटलाई उद्योग मन्त्रालयस्तरबाट सल्टाउनु पर्ने र व्यवसायीले नेपाली उत्पादनलाई प्रचारप्रसार र प्रर्वद्धनमा सहयोग गर्ने सम्झौतामा सहमति भएको थियो ।

प्रकाशित : फाल्गुन ३०, २०७३ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?