कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लन्डनबाट ‘भिजिट नेपाल युरोप–२०१७’ अभियान शुरुवात

नविन पाेखरेल

लन्डन — युरोपेली नागरिकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यले घोषणा गरिएको भिजिट नेपाल युरोप २०१७ को औपचारिक शुरुवात लन्डनमा एक समारोहबीच गरिएको छ । बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र ब्रिटेनको लेबर पार्टीका एकजना नेता तथा अल पार्टी पार्लियामेन्ट्रीग्रुप अन नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्माले बुधबार अभियान उद्घाटन गरेका हुन् । सन् २०१६ मा करिब ४६ हजार बेलायती पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

लन्डनबाट ‘भिजिट नेपाल युरोप–२०१७’ अभियान शुरुवात

युरोपेली नागरिकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यले घोषणा गरिएको भिजिट नेपाल युरोप २०१७ को औपचारिक शुरुवात लन्डनमा एक समारोहबीच गरिएको छ ।

बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र ब्रिटेनको लेबर पार्टीका एकजना नेता तथा अल पार्टी पार्लियामेन्ट्रीग्रुप अन नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्माले बुधबार अभियान उद्घाटन गरेका हुन् । सन् २०१६ मा करिब ४६ हजार बेलायती पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

अभियान सम्बन्धी वेबसाइट उद्घाटन गर्दै राजदूत सुवेदीले पर्वतारोहण र पदयात्राका लागि नेपाल विश्वमै सर्वोत्कृष्ट गन्तव्यको रुपमा चिनिएको बताए । उनले साहसिक, धार्मिक र सांस्कृतिक पर्यटनकालागि पनि नेपाल एक विशिष्ट गन्तव्यका रुपमा रहेको उल्लेख गरे । नेपाल सरकारले आफूलाई लन्डनमा मुख्यालय रहेको वल्ड टुरिज्म अर्गनाइजेशनकालागि स्थायी प्रतिनिधि नियुक्त गरेको
बताउँदै उनले नेपालमा पर्यटन प्रवर्धन गर्न सक्दो प्रयास गर्ने पनि बताए ।

प्रमुख अतिथि सांसद शर्माले आफू चारपटक पुगिसकेको जनाउँदै नेपाल अति सुन्दर र नेपाली जनताले न्यानो स्वागतसहित अतिथीहरुलाई भगवान सरह ठान्ने बताए । शर्माले विदेशीलाई नेपाल गइदिएर पुनर्निर्माणमा सघाउन पनि आग्रह गरे ।

कार्यक्रमको शुरुमा ब्रिटेनकालागि नेपाल पर्यटन बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधि पशुपति भण्डारी तथा आयरल्याण्डका लागि प्रतिनिधि एवं नेपाल आइरिस समाज अध्यक्ष दीपेशमान शाक्यले नेपालमा पर्यटन सम्भाव्यताबारे भिडियो तथा स्लाइड शो प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा भण्डारीले नेपाल जाने पर्यटकमध्ये ब्रिटिश पर्यटकहरु चौथो स्थानमा रहेको बताए । उनले भूकम्पपछि मानिसहरुमा केही आशंका रहेपनि अहिले नेपाल एउटा सुरक्षित गन्तव्य रहेको भन्ने सन्देश फैलाउन आफूले काम गरिरहेको बताए ।

कार्यक्रममा ब्रिटेनस्थित विभिन्न ट्राभल तथा टुर अपरेटर कम्पनीका प्रतिनिधिहरु सहभागी भएका थिए ।

प्रकाशित : चैत्र ३, २०७३ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?