कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘लगानीको वातावरण बनिसक्यो, योजना लिएर आउनुहोस्’

क्‍वालालम्पुर — उर्जामन्त्री जनार्दन शर्माले मलेसियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । शनिबार साँझ क्‍वालालम्पुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले नेपालमा लगानीका लागि वातावरण बनिसकेको र प्रशस्त प्राकृतिक स्रोतहरु रहेको उल्लेख गर्दै लगानी गर्न आग्रह गरे ।

‘लगानीको वातावरण बनिसक्यो, योजना लिएर आउनुहोस्’

उर्जामन्त्री जनार्दन शर्माले मलेसियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

शनिबार साँझ क्‍वालालम्पुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले नेपालमा लगानीका लागि वातावरण बनिसकेको र प्रशस्त प्राकृतिक स्रोतहरु रहेको उल्लेख गर्दै लगानी गर्न आग्रह गरे ।
नेपाली दूतावास, गैरआवासीय नेपाली संघ र नेपाली व्यवसायी समाज मलेसियाद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा शर्माले अन्य क्षेत्रसँगै जलविद्युत् क्षेत्रमा लगानी गरेर फाइदा लिन मलेसियाली लगानीकर्तालाई आग्रह गरे । ‘अहिले लोडसेडिङ हटाइसकिएको छ । लगानीकर्ताको लगानीका लागि वातावरण बनिसकेको छ ।’ मन्त्री शर्माले मलेसियाली लगानीकर्तालाई निमन्त्रणा गर्दै भने, ‘तपाईंहरु नेपालमा लगानी गर्न आफ्ना योजना लिएर आउनुहोस्, तपाईंहरुलाई स्वागत छ ।’

वर्षौंदेखि व्याप्त रहेको ‘लोडसेडिङ समस्या’ हटाएर यतिखेर उनको नेतृत्वमा रहेको मन्त्रालय र मातहतका निकायले यतिखेर चर्चा बटुलिरहेका छन् । कार्यक्रममा मलेसियाली लगानीकर्ताहरुले नेपालमा लगानी गर्दाका आर्थिक, भौतिक र प्राविधिक लगायत सरकारी मापदण्डहरुबारे जिज्ञासा राखे । उनीहरुले आफूहरुले नेपालमा लगानी गर्न धेरै इच्छुक रहेको उल्लेख गर्दै लगानी क्षेत्रहरुबारे जानकारी लिए । जवाफमा मन्त्री शर्माले लगानीका लागि नेपालमा प्रशस्त जल, जंगल, जमिन, जडिबुटी लगायत विविध क्षेत्र रहेको भन्दै जलविद्युत्‌को लगानी अहिले बढी प्राथमिकतामा रहेको बताए । ‘सबै नेपालीमा विकासको अपेक्षा छ । त्यसका लागि सबभन्दा पहिला जलविद्युत्‌ प्रशस्त उत्पादन गर्नु आवश्यक छ।’ उनले भने ‘किनकि हामीकहाँ प्रशस्त नदीनालाहरु छन् । लगानीका लागि जलविद्युत् अझ बढी प्रभावकारी क्षेत्र हो ।’

कार्यक्रममा नेपाली व्यवसायी समाजका अगुवाहरुले मलेसियाबाट भित्रिने रेमीट्यान्समध्ये धेरैजसो अनुत्पादक क्षेत्रमा लगानी हुने गरेको औंल्याउँदै सरकारले ल्याएको लगानीका अवसरबारे जिज्ञासा राखेका थिए । जवाफमा मन्त्री शर्माले धेरै फलदायी हुने जलविद्युत् लगायतका क्षेत्रमा सकभर नेपालीलाई नै बढी प्राथमिकता दिइएको भन्दै मलेसियामा कार्यरत नेपालीहरुलाई आफ्नो आम्दानीअनुसार लगानी गर्न आग्रह गरे । ‘यहीं मलेसियामा पनि ५/७ लाख नेपाली जनशक्ति हुनुहुन्छ । अब यो जनशक्ति नेपालमै लगाउनुपर्दछ ।’ उनले भने ‘तपाईंहरुको कमाई जलविद्युत्‌मा वा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्दछ । त्यसका लागि तपाईंहरु स्पष्ट योजना लिएर आउनुहोस् । सरकारले तपाईंहरुलाई नै प्राथामिकतामा राखेको छ ।’

कार्यक्रममा राजदूत निरञ्जनमानसिंह बस्न्यातले मलेसियाली व्यवसायीहरुको टोली आगामी मे २ मा नेपाल जान लागेको बताए । उनले नेपाल लगानीका लागि प्रशस्त संभावना रहेको भन्दै मलेसियाली लगानीकर्तालाई नेपालमा लगानीका लागि निम्तासमेत गरे ।

कार्यक्रममा मलेसियन एक्पोर्टस एसोसिएसन, वाईटिएल ल्यान्डलगायत आधा दर्जनभन्दा बढी मलेसियाली व्यावसायिक संस्था एवं कम्पनीका प्रतिनिधिहरुका साथै नेपाली व्यवसायी, सरोकारवाला, श्रमिक र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

नेकपा माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री शर्मासँगै विदेश विभाग सचिव युवराज चौलागाईं र वाईसीएल प्रमुख रामप्रसाद सापकोटा यतिखेर मलेसियामा छन् । उनीहरु मलेसियास्थित पार्टीसम्बद्ध संगठन नेपाली जनप्रगतिशील मञ्चको आइतबार हुने ७ औं अधिवेशन कार्यक्रममा सहभागी हुँदैछन् ।

प्रकाशित : चैत्र २७, २०७३ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?