कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालको पर्यटन प्रवर्द्धन गर्न जापानमा र्‍याली

प्रकाश पन्थी

टोकियो, जापान — पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जापानवासी नेपालीको पहलमा टोकियोसहित प्रमुख १२ स्थानमा प्रचारात्मक र्‍याली निकालिएको छ । आइतबार निकालिएको र्‍यालीका सहभागीले सगरमाथा र लुम्बिनीको तस्बिर बोकेर अतिथि देवो भव:अर्थात् पाहुनालाई स्वागतम् लेखिएका प्लेकार्ड, व्यानर बोकेर प्रचार प्रसार गरेका थिए ।

नेपालको पर्यटन प्रवर्द्धन गर्न जापानमा र्‍याली

विश्वशान्तिका दूत गौतम बुद्धको जन्मथलो लुम्बिनी हो र सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ भन्ने सन्देश उनीहरुले दिइरहेका थिए । प्रचार प्रसारमा सहभागीले जापानी, अंग्रेजी र नेपाली भाषामा व्यानर बोकेर चर्का नारा पनि लगाउँदै सुन्दर शान्त नेपाल संसारकै फरक स्वर्गको देश पनि भने । राजधानी टोकियोको योयोगी पार्कबाट सुरु भएको र्‍याली सिवुया, सिंजुकु, इकेबुकुरो हुँदै खानागावा प्रान्तको योकोहामा पुगुन्जेल नेपाल सबैको प्यारो भएको बताए । सहभागी केहिले नेपालमा जारी राजनीति अस्थिरताले विकासलाई खाइसकेको भन्दै राजनीति अन्त्यका लागि पनि यस्ताखाले चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।

सहभागिले बाटोमा भेटेका जापानी नागरिकलाई नमस्ते हामी नेपाली हौं, तपाईंलाई स्वागत गर्न नेपाली आतुर छन् भन्दै नेपालको धार्मिक तथा पुरातात्विक स्थलको पोस्टर वितरण गरेका थिए । उनीहरुले टोकियोमा ५० भन्दा बढी निजी सवारी साधनमा गौतम बुद्धको जन्मथलो लुम्बिनी हो र सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ भन्ने सन्देशसहितका पोस्टर टाँसेर नेपाली झन्डा फहराउँदै जापानी नागरिकले बुझ्ने गरी प्रचार गरे ।

कार्यक्रममा नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले स्वदेशप्रति माया र सदभाव देखाउँदै विदेशमा भएका नेपालीले नेपालमा पर्यटन प्रवर्द्धनका लागि गरिएको प्रचारप्रसारको यो शैलीले प्रतिफल छिट्टै देखिनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा गैरआवासिय नेपाली सघंका उपाध्यक्ष भवन भट्टले समृद्ध नेपालको निर्माणमा प्रवासमा रहेका नेपालीको सानै पहल भए पनि महत्वपूर्ण हुने बताए । कार्यक्रम जापानस्थित नेपाली राजदूतावासको विशेष सहयोग र गैर आवासीय नेपाली सघं जापानको आयोजनामा भएको हो ।

प्रकाशित : वैशाख ५, २०७४ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?