कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियामा पशुपतिनाथ बनाइँदै

अस्ट्रेलिया — पश्चिम अस्ट्रेलियामा मन्दिर तथा नेपालीको सामुदायिक भवन निर्माणका लागि आयोजित तीनदिने महापुराणमा ५ लाख ७२ हजार डलर (करिब ४ करोड ५० लाख रुपैयाँ) उठेको छ । पर्थमा रहेका नेपालीले नेपालको कला, संस्कृति र परम्परा झल्कने पशुपतिनाथ र बौद्धनाथको मन्दिर तथा सामुदायिक भवन बनाउने उद्देश्यले शनिबारदेखि महापुराण लगाएका थिए ।

अस्ट्रेलियामा पशुपतिनाथ बनाइँदै

सोमबारसम्म चलेको महापुराणमा त्यस क्षेत्रमा रहेका नेपालीबाटै उक्त रकम संकलन भएको एनआरएन पश्चिम अस्ट्रेलियाका राज थपलियाले जानकारी दिए । 

सानो संख्यामा रहे पनि सामूहिक पहलमा राम्रो कार्य गर्न सकिन्छ भन्ने उदाहरण यहाँका नेपालीले दिएको उनले बताए ।

प्रकाशित : वैशाख ५, २०७४ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?