कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोलोराडोमा ‘नेपाल डे परेड’

न्युयोर्क — नयाँ वर्ष २०७४ को अवसर पारेर कोलोराडोमा आइतबार ‘नेपाल डे परेड’ गरिएको छ । शुभकामना आदानप्रदानसहित आयोजित परेडमा विभिन्न खाले नेपाली भेषभूषा एवं संस्कृति प्रस्तुति गरियो ।

कोलोराडोमा ‘नेपाल डे परेड’

कार्यक्रममा कोलोराडोबासी दर्जनौं नेपालीको सहभागिता थियो । परेडमा विशेषत: विभिन्न नेपाली संघसंस्था एवं नेपालका शुभचिन्तक अमेरिकीहरूको उत्साहजनक उपस्थिति थियो । 

कोलोराडोको बोल्डर सहरमा आयोजित परेडमा लाखे नाचको प्रस्तुति विशेष आकर्षण थियो । सहभागीहरूले नेपाल र अमेरिकाका राष्ट्रिय झण्डासहित ब्यानर बोकेका थिए । रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजना एवं हेल्पिङ हयान्डको सहयोगमा सञ्चालित परेडमा अवैतनिक दूत एवं लोक गायक प्रेमराजा महत एवं सो नगरका मेयर सुजेन जोन्स प्रमुख अतिथि थिए ।

परेडको आरम्भमा गायकद्वय महत र नरेन्द्र प्यासीले नेपाली राष्ट्रिय गीत गाएका थिए । बोल्डर नगरकी मेयर जोन्सले नेपाली नयाँ वर्षको शुभकामना दिँदै सबैलाई आफ्नो नगरमा स्वागत रहेको उल्लेख गरेकी थिइन् । स्थानीय खुला मञ्चबाट सुरु भएको परेडले नगर परिक्रममा गरेको थियो ।

नेपाली नयाँ वर्षको अवसर पारेर अप्रिलको तेस्रो आइतबार नेपाल डे परेडको आयोजना गर्न थालिएको हो । 

प्रकाशित : वैशाख ७, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?