कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकामा सवारी दुर्घटना हुँदा नेपाली युवाको ज्यान गयो

न्युयोर्क — क्यालिफोर्निया राज्यमा एक सवारी दुर्घटना हुँदा नेपाली युवाको मृत्यु भएको छ । बाग्लुङ स्थायी घर भएका २० वर्षीय निराजन पुनको सोमबार कार दुर्घटनामा निधन भएको हो । नर्दन क्यालिफोर्नियाको कोलुसा भन्ने ठाँउमा पुनले चलाइरहेको कारलाई मोडमा अर्को गाडीले ठक्कर दिँदा दुर्घटनाग्रस्त भएको थियो ।

अमेरिकामा सवारी दुर्घटना हुँदा नेपाली युवाको ज्यान गयो

गैरआवासीय नेपाली संघ (एनआरएनए), क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानियाँका अनुसार सोमबार छुट्टिको दिन, साथीभाइहरुलाई भेटेर फार्टब्रागबाट आफ्नो बासस्थान डेभिस फर्किने क्रममा साँझ, पुनको कार दुर्घटनाग्रस्त भएको थियो । काठमाडौंस्थित गल्फुटारमा बस्दै आएका पुन, सन् २०१५ मा अण्डर १९ फुटबल खेल्न अमेरिका आएका थिए । केही समययता, उनी क्यालिफोर्नियास्थित नेपाली व्यवसायीद्वारा सञ्चालित एक रेन्टुरेन्टमा काम गर्दै आएका थिए ।

उनको अत्येष्टि एवम् परिवारको आर्थिक सहयोगका लागि ‘गो फन्ड मी’ नामक फन्डराईजिंग प्लेटफर्ममा अर्थ सकंलनको अभियान सुरु गरिएको एनआरएनएका बानियाँले कान्तिपुरलाई बताए ।

प्रकाशित : वैशाख ७, २०७४ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?