कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतारले अमेरिकासँग १२ विलियन डलरको युद्ध बिमान खरिद गर्ने सम्झौता

काठमाडौं — सम्झौता पत्रमा कतारका रक्षामन्त्री खालिद अल अत्तियाह र अमेरिकी रक्षामन्त्री जिम माटीजबीच बुधबार सम्झौता भएको हो । साउदी नेतृत्वमा युएई, बहराइनलगायत नौ देशले कतारसँग कुटनीतिक सम्बन्धबिच्छेद गरेको दोश्रो साता कतारले अमेरिकासँग युद्ध बिमान खरिद गर्ने समझदारी गरेको हो । रोर्यटसका अनुसार अमेरिकाले कतारलाई ३६ वटा युद्ध बिमान बिक्री गर्नेछ ।

कतारले अमेरिकासँग १२ विलियन डलरको युद्ध बिमान खरिद गर्ने सम्झौता

कतारको रक्षा मन्त्रालयले अमेरिकासँग १२ विलियन डलर बराबरकाे ‘एफ–१५’ युद्ध बिमान खरिद गर्ने सम्झौता भएको जनाएको छ ।

अमेरिकासँग साउदीले एकसय १० विलियन डलरको हतियार किन्ने समझदारी गरेको अलजजिराले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदीको भ्रमण गर्ने बेला यो सम्झौता भएको थियो ।

प्रकाशित : असार १, २०७४ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?