कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आँखा शिविरका लागि न्युजिल्यान्डमा १० लाख संकलन

नारायण खड्का

अष्ट्रेलिया — नेपालको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा आँखा शिविर सञ्चालनका लागि न्युजिल्यान्डमा १० लाख बढी सहयोग रकम संकलन गरिएको छ । सिन्धुपाल्चोकमा आँखा रोगबाट पीडितहरुलाई नि:शुल्क उपचार पुर्‍याउने उद्देश्यले एनआरएन न्युजिल्यान्डले च्यारिटी डिनरको आयोजना गरेको थियो । डिनरबाट १२ हजार ५०० न्युजिल्यान्ड डलर संकलन गरिएको हो ।

आँखा शिविरका लागि न्युजिल्यान्डमा १० लाख संकलन

नेपालको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा आँखा शिविर सञ्चालनका लागि न्युजिल्यान्डमा १० लाख बढी सहयोग रकम संकलन गरिएको छ ।

सिन्धुपाल्चोकमा आँखा रोगबाट पीडितहरुलाई नि:शुल्क उपचार पुर्‍याउने उद्देश्यले एनआरएन न्युजिल्यान्डले च्यारिटी डिनरको आयोजना गरेको थियो । डिनरबाट १२ हजार ५०० न्युजिल्यान्ड डलर संकलन गरिएको हो । नेपालको टिचिङ अस्पतालअन्तर्गतको आँखा विभागसँग सहकार्य गरेर यही सेप्टेम्बरमा आँखा शिविर सञ्चालन गर्न लागिएको र कार्यक्रमलाई सफल बनाउन सहयोग रकम संकलन गरिएको एनआरएन न्युजिल्यान्ड अध्यक्ष बाबुराजा महर्जनले जानकारी दिए ।

कार्यक्रममा ११ सय बढी आँखा रोगीहरुलाई आँखासम्बन्धी सामान्य रोगको उपचार गरिने र १ सय बढीको आँखाको अप्रेसन गरिने जानकारी दिइएको थियो । उल्लेख्य रुपमा विदेशीहरुले सहभागिता जनाएको कार्यक्रममा न्युजिल्यान्डका सांसद मार्क वुड, स्थानीय काउन्सिलका अधिकारीहरुका साथै एनआरएन सल्लाहकार चक्रबहादुर थापालगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।

आँखा शिविरमा न्युजिल्यान्डमा रहेका केही आँखा विशेषज्ञहरुको समेत सहभागिताका लागि पहल गरिरहेको महर्जनले जानकारी दिए । उनले केही विशेषज्ञहरुसँग छलफल भइरहेकाले दुईजना विशेषज्ञ नेपालमा उपचारका लागि जानसक्ने बताए ।

प्रकाशित : असार २, २०७४ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?