कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

योगेश भट्टराई कतारमा

दोहा — नेकपा एमालेका प्रचार बिभाग प्रमुख योगेश भट्टराई कतार आइपुगेका छन् । वेलायतस्थित एमालेनिकट प्रवासी नेपाली मञ्चको अधिवेसन सकेर उनी कतार आइपुगेका हुन् ।

योगेश भट्टराई कतारमा

कतारमा रहेको मञ्चका नवनिर्वाचित अध्यक्ष चानक पोखरेलका अनुसार भट्टराईले प्रशिक्षण दिनेछन् । उनले कतारविरुद्ध लगाएको नाकावन्दीको विपक्षमा हस्ताक्षर गरेका छन् । ‘नाकावन्दी जसका विरुद्ध भएपनि त्यो मानवता विरुद्धको कावाही हो । हामी नेपालीले धेरै पटक भारतीय नाकावन्दीको सामना गरेका छौं’, उनले आफ्नो फेसवुक स्टाटसमा लेखेका छन्,‘अहिले कतारमाथि विभिन्न देशले एकासथ नाकावन्दी लगाएका छन् । यहाँ चार लाख नेपालीले काम गरिहेका छन् । यतिवेला कतारलाई सवैको साथ सहयोग र ऐक्वबद्धता चाहिएको छ ।’

प्रकाशित : असार २९, २०७४ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?