कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरियाको नेपाली दूतावास आइतबार पनि खुल्ने

सोल — दक्षिण कोरियाको सोलस्थित नेपाली दूतावास साप्ताहिक बिदाको दिन आइतबारसमेत खुल्ने भएको छ ।

आइतबार दूतावासमा आयोजित भेटघाट कार्यक्रममा राजदूत अर्जुन जंगबहादुर सिंहले कामदारको सुविधालाई ध्यानमा राखी आइतबार दूतावास खोल्ने निर्णय गरिएको जानकारी दिए ।

कोरियाको नेपाली दूतावास आइतबार पनि खुल्ने

दक्षिण कोरियाको सोलस्थित नेपाली दूतावास साप्ताहिक बिदाको दिन आइतबारसमेत खुल्ने भएको छ ।

आइतबार दूतावासमा आयोजित भेटघाट कार्यक्रममा राजदूत अर्जुन जंगबहादुर सिंहले कामदारको सुविधालाई ध्यानमा राखी आइतबार दूतावास खोल्ने निर्णय गरिएको जानकारी दिए । जनताको काम गर्ने विषयमा परराष्ट्र मन्त्रालयबाट कुनै निर्देशन आवश्यक नपर्ने उल्लेख गर्दै उनले कर्मचारीसँग सल्लाह गरी यो निर्णय लिइएको बताए । अब दूतावास आइतबारदेखि बिहीबारसम्म खुला रहनेछ ।

यसअघि दूतावासले कोरियाको सरकारी नीतिअनुसार शनिबार र आइतबार साप्ताहिक बिदा मनाउँदै आएको थियो । कोरियामा कार्यरत नेपाली कामदारहरूले आइतबार बिदाको दिन दूतावास बन्द हुने भएकाले धेरै कठिनाइ झेल्नुपरेको गुनासो गर्दै आएका थिए ।

दूतावास जानकै लागि कम्पनीमा बिदा लिनुपर्ने र तलबसमेत काटिने गरेको गुनासो उनीहरूको थियो । आइतबार दूतावास खुलेपछि नेपाली कामदार र विद्यार्थी तथा कोरियाली नागरिक थप लाभान्वित हुने छन् । प्रवासी मजदुर युनियन (एमटीयू) का प्रचारप्रसार विभाग प्रमुख मधुसूदन ओझाले दूतावासको यो कदम सकारात्मक भएको बताए ।

प्रकाशित : श्रावण २, २०७४ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?