कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली साहित्यलाई अंग्रेजी पाठकमाझ पुर्‍याउन बेलायतमा कार्यदल गठन

लन्डन — बेलायतमा रहेका ठूला प्रकाशन गृहसँग सम्पर्क गरि नेपाली साहित्यलाई अंग्रेजी पाठकमाझ पुर्‍याउन पहल गरिने भएको छ ।

नेपाली साहित्यलाई अंग्रेजी पाठकमाझ पुर्‍याउन बेलायतमा कार्यदल गठन

बेलायतमा रहेका अधिकांशनेपाली साहित्यिक संस्थाका प्रतिनिधि सम्मिलित साझा बेलायत साहित्यिक मञ्चले अनुवाद साहित्यलाई बेलायती बजारमा ल्याउन पहल गर्नसाहित्यकार गोपी सापकोटाको अगुवाइमा कार्यदल गठन गरेको छ । 

नेपालको साझा प्रकाशन बचाउने अभिप्रायले बेलायतमा स्थापना भएको साझा बेलायत साहित्यिक मञ्चले आगामी अप्रिल २१ तारिख साझा पुस्तकहरुको वृहत प्रदर्शनी सहित साहित्यिक सन्ध्या साथै च्यारिटी कार्यक्रम गर्ने भएको छ । लन्डनमा आइतबार मञ्चका संयोजक विकलचन्द्र आचार्यको अध्यक्षतामा भएको बैठकले उक्त निर्णय गरेको हो । मञ्चले साझा प्रकाशनबाट प्रकाशित एक लाख रुपैयां बराबरकाकृतिहरु किनेर साझालाई सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको छ ।

मञ्चका सदस्यहरु जयालक्ष्मी राई, कृष्ण बजगार्इं र बासु शर्माले साझा प्रकाशनका लागि आफ्ना तर्फबाट सक्दो सहयोग हुने बताए ।

पछिल्लो समय बेलायतको नेपाली डायस्पोरा नेपाली साहित्यका लागि उर्वरभूमि बन्दै गएको छ । गत मार्चमा मात्र यहाँ बेलायतका १६४ जना श्रष्टाद्वारा रचित कविता संग्रह प्रकाशित भएको थियो । 

प्रकाशित : श्रावण २, २०७४ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?