कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरियामा औधोगिक दुर्घटनामा एक नेपालीको निधन

कान्तिपुर संवाददाता

सोल — दक्षिण कोरियामा कुखुरा फार्ममा कार्यरत एक नेपाली कामदारको शनिबार दुर्घटनामा निधन भएको छ । जिन्जुस्थित कुखुरा फार्ममा काम गर्ने क्रममा गुल्मी पुरकोटका ३० वर्षीय विष्णुप्रसाद घिमिरेको निधन भएको हो ।

कोरियामा औधोगिक दुर्घटनामा एक नेपालीको निधन

कुखुराको अण्डा प्रशोधन गर्ने मिसिन बिग्रेपछि हातले डोरी घुमाउने क्रममा डोरी छिनेर घिमिरेको टाउकोमा चोट लागेपछि भुईँमा ढलेका थिए । उपचारका लागि तुरुन्तै अस्पता लगिए पनि केही छिनमै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । २२ महिना अघि कोरिया आएका घिमिरे आठ महिनाअघि कम्पनी परिवर्तन गरी यहाँ काम गर्न आएका थिए ।

घिमिरे केही दिन अघि मात्र सम्पन्न नेपाल सम्पर्क समितिमा सहकोषाध्यक्ष चयन भएका थिए । घटनाको विवरण सोल दूताबासमा आइसकेको उपनियोग प्रमुख किरण शाक्यले बताए । दूतावासले घिमिरेको परिवारलाई घटनाबारे जानकारी गराई सकेको बताए ।

प्रकाशित : श्रावण २२, २०७४ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?