कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापानमा फेरि नेपाल फेस्टवल हुने

प्रकाश पन्थी

(टोकियो) जापान — स्थानीयस्तरमा उत्पादित वस्तुको प्रचारप्रसार गरी नेपालमा जापानी पर्यटक बढाउने उद्देश्यले भदौ १० र ११ मा टोकियोको उएनोपार्कमा १०औं नेपाल फेस्टवलको हुने भएको छ ।

जापानमा फेरि नेपाल फेस्टवल हुने

गैरआवासी नेपाली सघं (एनआरएनए)जापानको आयोजनामा फेस्टवल हुन लागेको हो ।  एनआरएनए जापानलाई  चार दर्जनभन्दा बढी संघ संस्था र जापानस्थित नेपाली राजदूतावासले साथ दिँदैछन् । आयोजकले टोकियो आसपासका विभिन्न सहरमा जाने पोस्टर पम्पलेटमार्फत जापानी नागरिकलाई नेपाली वस्तुको पहिचान र पर्यटकीय क्षेत्रबारे जानकारी दिने कामलाई तीव्रता दिएका छन् । प्रचारप्रसारमा जापानी नागरिकले पनि सहयोग पुर्‍याइरहेका एनआरएन जापानले बताएको छ । 

सघंका अध्यक्ष सुदन थापाले 'अतिथि देवो भव:' भन्ने मुल नाराका साथ सुरु गरिएको फेस्टवललाई पहिलो प्राथमिकता दिएको बताए । थापाका अनुसार मौलिक भाषा, कला, सस्ंकृति, पहिचान र स्थानीयस्तरमा उत्पादित वस्तुको प्रचारप्रसार गरी व्यावसायिक पहिचानको सम्भाव्यतालाई जापानी पर्यटकमार्फत प्रवर्द्धनका लागि गतवर्ष भन्दा फरक सैली अपनाइएको हो । फेस्टवलमा कला सस्ंकृति झल्कने, पर्यटकीय स्थलको जानकारीमूलक, नेपाल चिनाउने पथ प्रदर्शनमूलक, नेपाली खानाका रेस्टुरेन्टलगायत ४६ स्टल रहने मूलआयोजक समिति संयोजक देवीलाल भण्डारीले जानकारी दिए । अघिल्ला वर्ष भन्दा यो पटक नेपाली खानाका परिकार, नेपाली कला सस्ंकृति झल्कने लोकगीतले फेस्टिवलमा आकर्षण बढ्ने आयोजकको भनाइ छ । 

आयोजकले आर्थिक भार कम पार्ने प्रयासस्वरुप स्टल निर्माण र सहयोग अभियान चलाएका छन् । १ करोड ७० लाख जापानीयान खर्चमध्ये १ करोड बराबरको स्रोत व्यवस्थापन भइसकेको छ । 

फेस्टवल व्यवस्थित गर्न भन्दै देवीलाल भण्डारी, टासीवांदी लामा उपसंयोजक लेलिन भट्टचन, सरोजकुमार खत्री, बुद्धिराज घिमिरे,परशुराम बस्नेत, शिवप्रसाद पौडेल, संगीता अधिकारी, सुनिल शाक्य, जनकविक्रम शाहीलगायत २१ जनाको टोली बनाइएको छ । त्यस्तै दीपक थापाको संयोजकत्वमा आर्थिक, एनआरएनए कान्तोक्षेत्रको संयोजकत्वमा फोहोरमैला व्यवस्थापन, इन्दिरा सुजुकीको संयोजकत्वमा अतिथि सत्कार समिति र प्रचारप्रसारको काम पत्रकार महासघं जापान शाखाले गर्नेछ भने सांस्कृतिक कार्यक्रमका लागि अमर गुरुङ, अतिथि व्यवस्थापन संयोजक ओम गुरुङले सम्हालेका छन् ।

प्रकाशित : श्रावण २६, २०७४ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?