कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरियामा तीन दिनमा दुई नेपालीले गरे आत्महत्या

कान्तिपुर संवाददाता

सोल — छगंजुमा सोमबार पर्वतका केशप्रसाद श्रेष्ठ आफू बस्दै आएका कम्पनीको आवास गृहकै छतमा झुण्डिएको अवस्थामा भेटिएका थिए । त्यस्तै, दुई दिनपछि बुधबार बंगुर फार्म काम गर्दै आएका कंचनपुरका २५ वर्षीय दीपक सिंहले रुखमा झुण्डिएर आत्माहत्या गरेका थिए ।

दक्षिण कोरियामा इपीएसमार्फत काम गर्न आएका दुई नेपालीले आत्महत्या गरेका छन् । दुवै जनाले सुसाइड नोट लेखी झुण्डिएर आत्माहत्या गरेका छन् ।

श्रेष्ठले सुसाइड नोटमा स्वास्थ्यको आन्तरीक समस्या भएको र उपचार गर्दा पनि ठीक नभएकाले दिनहरु बिताउँन गाह्रो भएको लेखेका छन् । घर जान्छु भन्दा पनि कम्पनीले नदिएको र आफ्नो बैंकमा भएको ३२ लाख वन पत्नि र बहिनीलाई दिनु भनी लेखेका छन् । श्रेष्ठले निन्द्रा लाग्ने औषधी खादै आएको उनीसँगै काम गर्ने साथीहरुले बताए । घर जान्छु भन्दा कम्पनीले २-३ दिनमा हवाई टिकट किनिदिने भनेको स्थलगत अध्ययन गर्न पुगेका राजदूतावासका उपनियोग प्रमुख किरण शाक्यले बताए ।

१६ महिनाअघि कोरिया आएका सिंहले पनि छोटो नोट लेखी आत्महत्या गरेका छन् । सिंले 'म अब म रहेन । कसैले लगिसक्यो हजार सपना भए पनि पूरा गर्न सकिनँ, सरी' भन्दै छोटो लेख लेखेका छन् । साथै नोटमा बैंकमा भएको रकम उल्लेख गरेका छन् । सिंहले पनि नोट र स्थलगत अध्ययन गर्दा आत्महत्या नै गरेको पुष्टी भएको राजदूतावासका द्धितीय सचिव उद्धव न्यौपानेले बताए ।

प्रकाशित : श्रावण २६, २०७४ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?