कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनए मलेसियाको अधिवेशन अगष्ट २७ मा

को को छन् अध्यक्षका आकांक्षी ?
कान्तिपुर संवाददाता

मलेसिया — गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति मलेसियाको पाँचौं अधिवेशन यही अगष्ट २७ मा हुने भएको छ । संघले प्रकाशन गरेको समयतालिकाअनुसार विभिन्न पदका लागि विधानअनुरुप योग्य व्यक्तिहरुले यही अगष्ट २० मा उम्मेद्धारी दर्ता गर्न सक्नेछन् ।

एनआरएनए मलेसियाको अधिवेशन अगष्ट २७ मा

उनीहरुको उम्मेद्धारीउपर दाबी/विरोध गर्नुपर्ने कारण भए अगष्ट २२ मा दाबी विरोध गर्न सकीनेछ । 

लाखौं नेपाली कार्यरत मुलुक मलेसियामा हुन लागेको यो संघको पाँचौं अधिवेशन हो । संघले सदस्यतापत्र नवीकरण एवं नयाँ सदस्यता लिने समयावधि यही अगष्ट १५ सम्मका लागि तोकीएको जनाएको छ । 

संख्यात्मक आधारमा धेरै नेपाली रहेको मुलुक भएपनि यहाँ संघका सदस्यहरु खाडी मुलुकका तुलनामा कम छन् । संघको वेबसाइटमा राखीएको तथ्यांकअनुसार हाल ५४९ जना सदस्यहरु रहेका छन् । तीमध्ये बहुसंख्यकले सदस्यता नवीकरण गरेका छैनन् ।

अध्यक्षका प्रत्यासी 
बैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मलेसियामा आयोजना हुन लागेको संघको यो पाँचौ अधिवेशनमा अध्यक्ष पदका लागि ३ जना आकांक्षीहरु देखिएका छन् । यसपाली संघका हाल अन्तर्राष्ट्रिय समन्वय समितीका सदस्य रहेका खगेन्द्र न्यौपाने, अध्यक्ष विश्व राई, उपाध्यक्ष रमेश प्रसाद तिवारी र महासचीव सुन्दर आलेले आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो आकांक्षा देखाएका छन् । यीमध्ये राई र आले संघको स्थापनाकालदेखि नै सक्रिय छन् । आकांक्षी चारै जना मलेसियामा झण्डै एक दशकअघि देखि नै विभिन्न व्यवसायमा संलग्न छन् ।

प्रकाशित : श्रावण २९, २०७४ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?