कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएन न्यूजिल्याण्डमा वाईबा

नारायण खड्का

अष्ट्रेलिया — गैर आवासीय नेपालीहरुको संगठन एनआरएन न्युजिल्याण्डको अध्यक्षमा कमल वाईबा निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा उनले अर्का प्रतिद्वन्द्वी राज महर्जनलाई पराजित गर्दै अध्यक्षमा जित हासिल गरेका हुन् ।

एनआरएन न्यूजिल्याण्डमा वाईबा



दुई वर्षको कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्ष, दुई उपाध्यक्ष, र १५ कार्यसमिति सदस्यका लागि मतदान भएको थियो । महासचिव, सचिव र कोषाध्यक्षका लागि यसपहिले नै सर्वसम्मत भएको थियो भने अन्य पदका लागि करिब ८ सयले मतदान गरेका थिए ।

निर्वाचनबाट उपाध्यक्ष पदमा घनश्याम सापकोटा र तेज भट्टराई निर्वाचित भएका छन् । उनीहरुले भावना सिलवाल र बुद्धिराम बञ्जाडेलाई पराजित गरेका थिए । यसअघि नै महासचिवमा रामराज ओली, सचिवमा बिशाल सापकोटा, टीकाजंग थापा र कोषादक्ष्यमा दीपेन्द्र केसी सर्वसम्मत भइसकेका थिए ।

निर्वाचित कार्यसमिति सदस्यहरुमा डा. निर्मल रिमाल, अमित भण्डारी, भवन नेपाल, रमेश सापकोटा, सागरमणि अर्याल, रामसिंह तामाङ, इन्त्रीकुमारी तामाङ, सुमन पौडेल, कृष्णहरि सापकोटा, उमिता बस्नेत, दयानिधी गौतम, पवन पौडेल, कमल प्रसाद अधिकारी, कुलराज घिमिरे र बालकुमार गोले रहेका छन् ।

एनआरएन न्युजिल्याण्डले यस वर्ष कागजी र विद्युतीय दुवै पद्दतीबाट मुख्य चार सहरहरुमा निर्वाचन गराएको थियो ।

प्रकाशित : भाद्र ५, २०७४ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?