कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

अष्ट्रेलियाको मन्त्रीस्तरीय शिक्षा समितिमा नेपाली विद्यार्थी

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियाको शिक्षा सम्बन्धि उच्चस्तरीय संयन्त्र समिति (काउन्सिल अफ इन्टरनेसनल एजुकेशन) मा नेपाली विद्यार्थी विजय सापकोटा चयन भएका छन् । अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबलको मातहतमा रहने यस समितिमा १ वर्षका लागि उनी सदस्यका रुपमा चयन भएका हुन् ।

अष्ट्रेलियाको मन्त्रीस्तरीय शिक्षा समितिमा नेपाली विद्यार्थी

अष्ट्रेलियाको शिक्षा सम्बन्धि उच्चस्तरीय संयन्त्र समिति (काउन्सिल अफ इन्टरनेसनल एजुकेशन) मा नेपाली विद्यार्थी विजय सापकोटा चयन भएका छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबलको मातहतमा रहने यस समितिमा १ वर्षका लागि उनी सदस्यका रुपमा चयन भएका हुन् । अष्ट्रेलियामा रहेका विदेशी विद्यार्थीहरुको संगठन काउन्सिल फर इन्टरनेशनल एजुकेसन अष्ट्रेलियाका केन्द्रीय अध्यक्ष रहेका सापकोटा उक्त समितिमा पदेन सदस्यका रुपमा चयन भएका हुन् ।

शिक्षामन्त्री सिमोन बिरमिङ्गम अध्यक्ष, परराष्ट्रमन्त्री जुलि बिसप लगायतका मन्त्रीहरु सदस्य रहेको यो समिति अष्ट्रेलियाको शिक्षा क्षेत्रमा नीति तथा नियम ल्याउनका लागि महत्वपूर्ण समिति हो । यस समितिले अष्ट्रेलिया शिक्षा प्रदायक संस्था, शैक्षिक संस्थाहरु र राष्ट्रिय तथा राज्यस्तरका सरकारहरुसँग मिलेर शिक्षा क्षेत्रको विकास लागि कार्य गर्ने गर्दछ । । यसैगरि अष्ट्रेलियाको भावि अर्थतन्त्रको विकास, अन्तर्राष्ट्रिय संलग्नता र आविष्कार लगायतका क्षेत्रमा काम गर्छ ।

करिब ४ वर्षअघि अष्ट्रेलियामा उच्च शिक्षाका लागि आएका सापकोटा युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा सिभिल इन्जिनियरिङ विषयमा अध्ययनरत छन् । न्यु साउथ वेल्स सरकारबाट अन्तर्राष्ट्रिय वर्ष विद्यार्थी अवार्डबाट सम्मानित भएका सापकोटा नेपालमा केही महिनाअघि सम्पन्न युवा सार्क सम्मेलनबाट युवा उत्प्रेरणा सम्मानबाटसमेत सम्मानित भएका थिए । उच्चस्तरीय सुझाव समितिमा आफ्नो उपस्थितीले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई समेत थप पहिचान दिएको उनले प्रतिकृया दिए ।

प्रकाशित : भाद्र ५, २०७४ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?