कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समलिङ्गी विवाह मान्यताका लागि अस्ट्रेलियामा मतदान

नारायण खड्का

अस्ट्रेलिया — समलिङ्गी विवाहलाई मान्यता दिने वा नदिने विषयमा अस्ट्रेलियामा हुलाकबाट राष्ट्रिय रुपमा मतदान हुने भएको छ ।

समलिङ्गी विवाह मान्यताका लागि अस्ट्रेलियामा मतदान

यदी उक्त मतदानबाट समर्थनको पक्षमा नतिजा आएमा अस्ट्रेलियामा समलिङ्गी विवाहले मान्यता पाउनेछ । अस्ट्रेलियामा समलिङ्गी विवाहलाई मान्यता दिनुपर्छ भन्ने विषयमा लामो समयदेखि कुरा उठाउँदै आइएको छ । संसदीय निर्वाचनको समयमा पनि यो विषय प्राथमिकतामा परेको थियो । सरकारले १ सय २२ मिलियन अष्ट्रेलियन डलर मतदानमा खर्च गर्ने जनाएपछि यस सम्बन्धमा अदालतमा मुद्दा समेत परेको थियो । तर, मुद्दामा अदालतले सरकारको पक्षमा फैसला गरेपछि यही मंगलबार मतपत्र हुलाकमार्फत सबै अस्ट्रेलियालीहरुलाई वितरण गर्ने सरकारले तयारी गरेको छ ।

अहिले अस्ट्रेलियामा समर्थन र विरोधमा आवाजहरु आइरहेका छन् । तर, पनि प्रधानमन्त्री माल्कम टर्नबुलले र विपक्षी दलका नेता बिल सर्टनलगायतले भने यसलाई समर्थन गर्ने बताइरहेका छन् । यदी यहाँका जनताले समर्थनको पक्षमा बहुमत दिए भने संसद्‌मार्फत यसलाई कानुनी रुप दिइने तर विरोधमा मत खसेको खण्डमा भने संसदबाट यो पास नहुने प्रधानमन्त्री टर्नबुललाई उल्लेख गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसका साथै समलिङ्गी विवाहको पक्ष र विपक्षमा रहेका सर्वसाधारणहरुका बिचमा झडप भएको समाचारहरु समेत सार्वजनिक भएका छन् । पक्ष र विपक्षमा यहाँ रहेका सबै दलहरुका सांसदहरु पनि एकमत हुन सकेका छैनन् भने सबै राजनीतिक दलहरुबीचमा समेत एकमत देखिएको छैन ।

प्रकाशित : भाद्र २५, २०७४ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?