कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

एनआरएनए यूकेको अध्यक्षमा फगामी निर्वाचित

लन्डन — गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके)को अध्यक्षमा योगकुमार फगामी निर्वाचित भएका छन् ।

एनआरएनए यूकेको अध्यक्षमा फगामी निर्वाचित

शनिबार सम्पन्न निर्वाचनमा फगामी १ हजार २९८ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिद्वन्द्वी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत ल्याए । उपाध्यक्षमा डा. प्रेमबहादुर आले, प्रेम गाहामगर, पुनम गुरुङ, ललितकुमार न्यौपाने, शेरबहादुर सुनार र सुशीला राई निर्वाचित भएका छन् । 

त्यसै गरी, महासचिवमा राजकुमार त्रिपाठी विजयी भए भने उपमहासचिवमा विनय अधिकारी, सचिवमा तारानाथ भण्डारी, नारायण पौडेल गाउँले र सुरज मास्के, कोषाध्यक्षमा सचिन श्रेष्ठ तथा सहकोषाध्यक्षमा गजेन्द्र गुरुङ निर्वाचित भएका छन् । युवा संयोजकमा लालबहादुर गुरुङ (एलबीजेड) र कुमार थापा निर्वाचित भए । 

सदस्यहरुमा अर्कराज तिम्सिना, गंगाबहादुर राना, जीतबहादुर रानाभाट, डेबिन्द्र थापा, पवन शर्मा, पवन राई, विमला लिम्बू, मुकेश राना र होमनाथ पौडेल निर्वाचित भए । 

आईसीसी सदस्यहरुमा कुमारी गुरुङ, जयप्रकाश गुरुङ र शान्ति थापा कुँवर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । 

जितपछि खुसी व्यक्त गर्दै अध्यक्ष फगामीले सबै मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले आफ्नो कार्यकाल चुनौतीपूर्ण रहेको बताउँदै पराजित साथीहरुसँग पनि सहकार्य गरेर अगाडि बढ्ने बताए ।

प्रकाशित : भाद्र २५, २०७४ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?