कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनेसास कतारको छैठौं अधिवेसन

काठमाडौं — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारको छैठौ‌ं अधिवेसन सम्पन्न भएको छ । अधिवेशनको अवसरमा १५२ औं मोती जयन्ती र अनेसास नवोदित वाचन डबलीको ७३ औं श्रृखला आयोजना गरिएको थियो ।

अनेसास कतारको छैठौं अधिवेसन

अनेसास कतार च्याप्टरका अध्यक्ष तीर्थसंगम राईको सभापतित्वमा सम्पन्न अधिवेशनले श्यामराज रानाभाटको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष प्रेमप्रसाद भट्टाराई, द्वितिय उपाध्यक्ष सिताराम थापा, महासचिव मणि पौडेल,  सचिव निराजन लुइटेल, कोषाध्यक्ष भोला थापा सह कोषाध्यक्ष हरि अधिकारी रहेका छन् । सदस्यहरु  दीप मिलन, बिन्दा लामा, चक्र कार्की र सन्तोष अधिकारी छन् । 

अधिवेशनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडेले प्रवासमा विकसीत भइरहेको नेपाली साहित्यलाई नेपालसँग जोड्न जरुरी रहेको बताए । 

कार्यक्रममा सन्ध्या ग्रुप अलखोरका अध्यक्ष बिरेन्द्र याक्थुम्बा, नबोदित साहित्यीक वाचनालयका अध्यक्ष लेख कार्की र प्रवासी आदिवासी जनजाति महासंघका उपाध्यक्ष लिलाम चिडीमगर लगायतकाले शुभकामना दिएका थिए ।

प्रकाशित : भाद्र २६, २०७४ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?