१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

मलेसियामा फाल्गुनन्दको १३३ औं जन्मजयन्ती

कान्तिपुर संवाददाता

मलेसिया — मलेसियामा १३३ औं फाल्गुन्द जन्मजयन्ती मनाइएको छ । नेपाल किरात धर्म तथा साहित्य उत्थान संघले शनिबार क्वालालम्पुरमा कार्यक्रम गरी राष्ट्रिय विभूति किराती महागुरु फाल्गुनन्द लिङ्देनको तस्बिरमा पूजा अराधना एवं माल्यार्पण गरी मनाइएको हो ।

मलेसियामा फाल्गुनन्दको १३३ औं जन्मजयन्ती

मलेसियामा १३३ औं फाल्गुन्द जन्मजयन्ती मनाइएको छ ।
नेपाल किरात धर्म तथा साहित्य उत्थान संघले शनिबार क्वालालम्पुरमा कार्यक्रम गरी राष्ट्रिय विभूति किराती महागुरु फाल्गुनन्द लिङ्देनको तस्बिरमा पूजा अराधना एवं माल्यार्पण गरी मनाइएको हो । उक्त अवसरमा सहभागीहरुले १३३ दीप प्रज्वलन गरी च्याब्रुंङ बजाएर नाचगानसहित किरात धर्मका प्रवर्द्धक फाल्गुनन्दलाई सम्झिए । महागुरु फाल्गुनन्दले विभिन्न किसिमको कुरीतिमा जकडिएको किरात समुदायलाई विभिन्न ७ बु्ँदे सत्यधर्म मुचुल्कामार्फत सभ्यताको मार्गतर्फ रुपान्तरित गरेको मानिन्छ ।

कार्यक्रममा सहभागीहरुले एकअर्काबीच शुभकामना आदानप्रदान पनि गरे । कार्यक्रमका अतिथि एवं वक्ताहरुले राष्ट्रिय विभूति फाल्गुनन्दले समाजसेवा र सामाजिक उत्थानका लागि गरेका देन एवं उनले दिएका उपदेशहरु सबैका लागि अनुशरणयोग्य रहेको बताए । आयोजक संस्थाका अनुसार विगत ११ वर्षदेखि वर्षेनी मलेसियामा फाल्गुनन्द जन्मजयन्ती मनाइँदै आइएको छ ।

कार्यक्रममा मलेसियामा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, व्यवसायी, बुद्धिजीवी एवं सञ्चारकर्मीहरुको सहभागिता थियो ।

प्रकाशित : कार्तिक २५, २०७४ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?