कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इराकमा लक्ष्मीको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौं — घरेलु कामदार (हाउसमेड) को रुपमा इराक पुगेकी कैलास गाँउपालिका–२ की २६ बर्षिय लक्ष्मी वलले मृत्यु भएको छ । उनको मृत्युको कारण खुलेको छैन ।

इराकमा लक्ष्मीको मृत्यु

  

इराकको बासरामा दुई बर्षदेखि काम गर्दै आएकी वल गत बैशाखदेखि सम्र्पकविहिन भएकी थिइन् । वलका श्रीमान् अशोक वलले ७ महिनादेखि सम्र्पकविहिन श्रीमतिको मृत्युको खवर मात्रै पाएको वताए । ‘के कसरी भयो । हामीलाई जानकारी छैन ।,’ उनले भने । 

इराक हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासले वलको मृत्युको बिषयमा आधिकारीक जानकारी पाएको छैन । पीडित परिवारले उनको शब ल्याइदिन अपिल गरेको छ । 

 

प्रकाशित : कार्तिक २६, २०७४ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?