कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाम गठबन्धनको कतारमा स्वागत

कान्तिपुर संवाददाता

काठमाडौं — नेकपा एमाले र माओवादी केन्द्रका प्रवास रहेका संगठनहरु क्रमशस् प्रवासी नेपाली मञ्च र नेपाली जनप्रगतिशील मञ्च कतारले वाम गठबन्धनको स्वागत गर्दै ऐक्यवद्धता जनाएको छ ।

प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोखरेल र जनप्रगतिशीलका संयोजक रकमध्वज राईले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै वाम एकताको स्वागत गरेको हो ।

‘आर्थिक समृद्धिको प्रक्रियालाई तिव्रताका साथ अगाडि बढाउन उत्पादक शक्ति, उत्पादकत्व एंव उत्पादनमा बृद्धि गरी गरिवी, वेरोजगारी, असमानता र परनिर्भताको अन्त्य गर्दै आत्मनिर्भर अर्थतन्त्रको बिकास गर्नुपर्दछ । जसको लागि एक स्थायी सरकारको आवश्यकता पर्छ । त्यसको लागि वाम एकता आजको अपरिहार्यता हो,’ बिज्ञप्तीमा भनिएको छ ।

दुई संगठनले मुलुकमा राजनैतिक अस्थिरताको अन्त्य गर्दै बामपन्थी शक्तिहरुको अत्याधिक बहुमतको सरकार निमार्ण गरी देशलाई आर्थिक रुपले समृद्ध वनाउन प्रतिनिधि र प्रदेश सभाका निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी वनाउन समेत अपिल गरेको छ ।

प्रकाशित : कार्तिक २८, २०७४ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?