मलेसियामा एक नेपालीको मृत्यु

राजविराज — वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले बुधबार जनाएको छ ।

वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ ।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले बुधबार जनाएको छ ।

वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्पनीमा कार्यरत चौधरीले मंगलबार राति खाना खाएर सुतेका र बिहान उनलाई साथीहरुले उठाउन जाँदा मृत फेला परेको मृतक चौधरीका भान्जा पर्ने बिटुकुमार मिश्रले जानकारी दिए ।

दुई वर्ष अगाडि वैदेशिक रोजगारीका क्रममा चौधरी मलेसिया पुगेका थिए । अन्जनीको मृत्युको खबरले अहिले सिंगो तिलाठी गाउँका युवा शोकमग्न भएका छन् ।

यता मृतकको शव मलेसियाबाट चाँडो नेपाल फर्काइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई उनका परिवार जनले आग्रह गरेका छन् । योसँगै वैदेशिक रोजगारीका क्रममा जानथाले देखि सप्तरीबाट विदेशमा ज्यान गुमाएका युवाको संख्या २९ पुगेको बताइएको छ । रासस

प्रकाशित : कार्तिक २९, २०७४ १३:०८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चाँदी र हात्तीको पुच्छरसहित दुईजना पक्राउ

गौशाला — अवैध चाँदी र हात्तीको पुच्छरसहित प्रहरीले आज महोत्तरीको बर्दिवासबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका– १ का विश्राज तिवारी र कालिकोट तिलकनगर– ९ का लक्ष्मी कोइराला रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए ।

प्राप्त सूचनाका आधारमा उनीहरुलाई बर्दिवासस्थित शिशमहल होटलबाट ९ किलो चार सय ग्राम चाँदीको तयारी गरगहना र १५ हजार १०० सय थान हात्तीको पुच्छर जस्तो देखिने बस्तुसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।

पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ भने चाँदी राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैया र हात्तीको पुच्छर जस्तो देखिने वस्तु जिल्ला वन कार्यालय महोत्तरीमा बुझाउने तयारी गरिहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

प्रकाशित : कार्तिक २९, २०७४ १३:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT