कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वरिष्ठ न्यूरोसर्जन देवकोटा लन्डनमा अस्पताल भर्ना

लन्डन — नेपालका वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटा अकस्मात बिरामी परेपछि अस्पतालमा भर्ना भएका छन् । देवकोटाको किंग्स कलेज हस्पिटल, डेनमार्क हिल, ब्रिक्टनमा उपचार भइरहेको लन्डनस्थित दूतावास स्रोतले जानकारी दिएको छ ।

वरिष्ठ न्यूरोसर्जन देवकोटा लन्डनमा अस्पताल भर्ना

देवकोटालाई भेट्न राजदूत दुर्गाबहादुर सुवेदी समेत अस्पताल पुगेका थिए ।


निजी मामिलाका कारण देवकोटाको रोगबारे भने यकिन बताइएको छैन तर उनी एक्कासी अचेत भएपछि अस्पताल भर्ना गरिएको दूतावास स्रोतले उल्लेख गर्‍यो । अहिले उनी सामान्य अवस्थामा छन् । दूतावासले देवकोटाको राहदानीका खाली पृष्ठ सकिएर नयाँ लगिदिएको समेत बताइएको छ । देवकोटा सिकिस्त बिरामी भएर उपचार गराइरहेको भन्ने खबर केही अनलाइन मिडिया र सामाजिक सञ्जालमा भाइरल भइरहे पनि दूतावासले भने त्यसबारे केही जानकारी नभएको बताएको छ ।


सन् १९८९ मा बेलायतमा अध्ययनपछि नेपाल फर्किएर हजारौंको ज्यान बचाएका देवकोटा अहिले आफैं बिरामी भएपछि उनीप्रति सामाजिक सञ्जालमा सद्‌भाव र सहानुभूति बढेको छ । तत्कालीन राजा ज्ञानेन्द्रको पालामा स्वास्थ्य, विज्ञान तथा प्रविधिमन्त्री समेत भएका डा. देवकोटा वीर अस्पतालको पहिलो न्यूरोलोजिकल ट्रमा युनिटका संस्थापक हुन् । पछिल्लो समय उनी न्यूरो हस्पिटल, बाँसबारीका सञ्चालक छन् ।


देवकोटाले बेलायतकै अटकिन्सन मोर्ले हस्पिटल, ग्लास्गो (हाल सेन्ट जर्ज हस्पिटलको एक अंश)मा न्यूरोसर्जरीबारे विशेष प्रशिक्षण लिएका थिए ।

प्रकाशित : पुस ६, २०७४ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?