कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतारमा छैटौं एसियन आप्रवासी फुटबल प्रतियोगिता सुरु हुँदै 

नेपालको पहिलो खेल बंगलादेशसँग 

काठमाडौँ — कतार फुटबल एसोसिएसन (क्यूएफए) ले यस सिजनको छैटौं एसियन आप्रवासी फुटबल प्रतियोगिता जनवरी १२ गतेबाट सुरु गर्ने घोषणा गरेको छ । प्रतियोगितामा नेपालसहित १२ देश सहभागी हुनेछन् । नेपालको पहिलो खेल बंगलादेशसँग जनवरी १८ मा दोहा स्टेडियममा हुनेछ । 

कतारमा छैटौं एसियन आप्रवासी फुटबल प्रतियोगिता सुरु हुँदै 

कतारमा कार्यरत आप्रवासी समुदायलाई आपसी सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले क्यूएफएले आप्रवासी फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । कतारले सन् २०२२ मा विश्वकप आयोजना गर्ने अवसर पाएपछि आप्रवासी समुदायलाई पनि समेट्न थालेको हो ।


खेलको ‘क’ समूहमा जोर्डन, भारत, फिलिपिन्स, मलेसिया, श्रीलंका र दक्षिण कोरिया छन् । समूह ‘ख’ मा सिंगापुर, जापान, लेवनान, इन्डोनेसिया, बंगलादेश र नेपाल छन् । यो प्रतियोगिता मार्च ३० सम्म चल्नेछ ।


नेपाली फुटबल टिम, कतारका अध्यक्ष सञ्जीव रानाभाटले प्रतियोगिताका लागि नेपाली खेलाडी अभ्यासमा रहेको बताए । ‘नेपालको ‘ए’ डिभिजन खेलिसकेका खेलाडीसमेत टिममा छन् । कतारमै कार्यरत नेपालीबाट टिम बनाउनुपर्ने बाध्यता छ,’ उनले भने,‘वैदेशिक रोजगारीका लागि पलायन भएका खेलाडीलाई टिममा ल्याउने कोसिस जारी छ ।’


अध्यक्ष रानाभाटले नेपाल प्रतियोगिताको दाबेदार भएको बताए । ‘हामी अहिलेसम्म उपविजेतामा मात्रै सीमित भएका छांै । उपाधि जित्नका लागि सक्षम टिम बनाउने हाम्रो प्रयास जारी छ,’ उनले भने,‘यो सिजन हामी उपाधि चुम्ने लक्ष्यसाथ लागेका छौं ।’


प्रकाशित : पुस ९, २०७४ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?