कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सञ्जय दत्तको बायोपिकमा मनिषा कोइराला

एजेन्सी

मुम्बई — सञ्जय दत्तको जीवनमाथि बन्ने फिल्ममा मनिषा कोइराला नर्गिस दत्तको भूमिकामा देखिने भएकी छन् । केही फिल्ममा सञ्जयको हिरोइन भएर काम गरेकी कोइराला बन्न लागेको सञ्जय दत्तको बायोपिकमा उनको आमाको रुपमा देखिने छिन् ।

 सञ्जय दत्तको बायोपिकमा मनिषा कोइराला

फिल्ममा सञ्जय दत्तको रुपमा रणबीर कपुरको अभिनय रहनेछ । 

फिल्मको निर्देशन राजकुमार हिरानीले गर्दैछन् । हिरानीले नर्गिसको भूमिकामा कोइराला खेल्ने खुलासा गरेका हुन् । लामो समय क्यान्सरसँग जुधेकी नर्गिसको ५१ वर्षको उमेरमा सन् १९८१ मा निधन भएको थियो ।

कोइराला पनि क्यान्सरको उपचारपछि फिल्ममा फर्किएकी छन् । कोइरालासमेत क्यान्सर पीडित भएकाले उनलाई नर्गिसको भूमिकामा लिइएको हिरानीले बताएका छन् ।

प्रकाशित : फाल्गुन ६, २०७३ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?