कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘हिटलर’ को फस्टलुक

काठमाडौं — ‘हिटलर’ को फस्टलुक पोस्टर सोमबार सार्वजनिक भएको छ । जेठ १२ मा रिलिज गरिने फिल्म सौरभ ढकालले निर्देशन गरेका हुन् ।

‘हिटलर’ को फस्टलुक

शीर्षकले क्रूर र तानाशाहका रूपमा परिचित हिटलरलाई प्रतिविम्बित गरे पनि फिल्म भने पूर्णत: लभ कमेडी जानरामा बनाइएको निर्देशक ढकालले बताए । यसै फिल्मबाट सामिया बर्तौलाले नायिकाका रूपमा डेब्यु गर्दै छिन् । फिल्ममा उनी राणा खानदानकी छोरीको भूमिकामा रहेकी छन् । सोहित मानन्धर, मेनुका प्रधान, दिवस धिताल र ए गुरुङ पनि मुख्य भूमिकामा छन् ।

अष्टनारायण पिक्चर्सको प्रस्तुति ‘हिटलर’ निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इनकर्पोरेटेडको सहकार्य रहेको छ । लोचन घिमिरेको संगीत, सूर्य थोकर लामाको एक्सन, अरुणराज पौडेलको छायांकन, कृष्ण के अच्छामीको कोरियोग्राफी रहेको फिल्मका दृश्यहरू राजधानी र मुगुमा खिचिएको हो । ‘प्रेमपछि उत्पन्न हुने समस्या र परिस्थितिलाई फिल्ममा लभ–कमेडी शैलीमा देखाउन खोजिएको छ,’ निर्देशक ढकालले भने, ‘दर्शकले हिटलर नामसँग कथावस्तुको मेल खाएको भने पाउनुहुनेछ ।’

सोहितले फिल्ममा आफू फरक र चुनौतीपूर्ण भूमिकामा देखिएको बताए । उनी फिल्ममा नेवार युवककै भूमिकामा देखिँदै छन् । फिल्म रिलिजअगावै यसको एउटा गीत ‘मम चाउमिन...’ दर्शकश्रोतालाई फिल्मप्रति कौतूहल जगाउन सफल भएको छ ।

प्रकाशित : चैत्र १, २०७३ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?